काठमाडौं : नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ देखि ९० दिन लागु हुने छ ।
सजिलो अनलिमिटेड पोस्टपेड रु.५९९
अफर टेलिकमका अनुसार ‘अटम अफर’मा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध छ । अफर ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड ‘अननेट भ्वाइस’ सेवा उपलब्ध गराएको छ । ‘अटम अफर’ खरिद गरेपश्चात् डाटा सेवा लिन चाहेमा ग्राहकले २ सय ९९ रुपैयाँमा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सक्नेछन् । साथै, ३० जीबी डाटा सेवा एड अनको रुपमा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर
यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर
यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।
सस्तो प्रिपेड कम्बो प्याक
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा रु। ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु। २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् ।
एफटीटीएच आइपिटिभी अफर
यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु. १५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबिपिएस रु. १७,१०० र ८० एमबिपिएस रु. २२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले क्भत त्यउ द्ययह (एसटिबी) उपलब्ध गराउने छ ।
यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको रु. ४,१०० मा ४० एमबिपिएसको रु।५,५०० मा र ८० एमबिपिएसको जम्मा रु. ७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिंदा २५ एमबिपिएस रु. १,४००मा, ४० एमबिपिएस रु. १,८५० मा र ८० एमबिपिएस जम्मा रु. २,४५० मा उपलब्ध हुनेछ ।
एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु. १,०००मा, ४० एमबिपिएस डाटा रु. १,५०० मा र ८० एमबिपिएस डाटा रु. २,०००मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबिपिएस डाटा रु. २,८५० मा, ४० एमबिपिएस लिंदा रु. ४,२०० मा र ८० एमबिपिएसलाई रु. ५,५०० मा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिंदा २५ एमबिपिएसको रु. १०,५०० मा, ४० एमबिपिएसको रु. १५,३०० मा र ८० एबिपिएसको रु. २०,५०० मा उपलब्ध हुनेछ ।
वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।