काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली लगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुवानबाट प्रभावितलाई तत्काल राहत तथा उद्दारको व्यवस्था गर्न बिहानै गृहमन्त्रीलाई निर्देशन दिए । गृह प्रशासन पनि राहत तथा उद्धारमा खटिसकेको छ । तर, कर्णाली सरकार यतिबेला के गरिरहेको छ ? कहाँ छ ? अत्तोपत्तो छैन ।
गए राति मात्रै कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीको गृह जिल्ला कालिकोट महाबै गाउँपालिका –७ राम्नीमा पहिरो खनियो । पहिरोबाट एक जनाको मृत्यु, एक जना घाइते भए । भने, राम्नीका ५ घर भत्किए । २५ घर जोखिममा परेका छन् । जोखिममा परेका २५ घरपरिवारलाई स्थानीय राम मावि राम्नी र स्वास्थ्य चौकीको भवनमा सारियो ।
गाउँपालिकाको भवन उद्घाटन गर्न हेलिकोप्टरको प्रयोग गर्ने मुख्यमन्त्री कता छन् ? के निर्देशन दिए ? राहत तथा उद्धारका लागि के गरे ? अत्तोपत्तो छैन, नत उनको सचिवालयको नै । गृह प्रशासनबाट प्रधानमन्त्री जानकारी लिएर सम्पुर्ण निकायलाई राहत तथा उद्धारमा खटिन निर्देशन दिइसक्दा पनि, कर्णाली सरकार र मुख्यमन्त्री शाही निरीह छन् ।
पत्नीलाई लिएर जन्मस्थान भ्रमण गर्न हेलिकोप्टर, गाउँपालिकाको भवन उद्घाटन गर्न हेलिकोप्टर, कुनै गाउँ सभामा जान हेलिकोप्टर, नेता कार्यकर्ता भेट्न हेलिकोप्टरको प्रयोग गर्ने मुख्यमन्त्री विपद्मा उनको हेलि कता छ ? अत्तोपत्तो हुँदैन ।
मुख्यमन्त्री र उनी नेतृत्वको सरकार निरीह बनेको कालीकोट विपद् घटनामा मात्रै होइन्, मुगु बस दुर्घटनामा उस्तै थियो । पहिरोबाट पुरै गाउँ जोखिममा पर्दा राहत तथा उद्धारका लागि कर्णाली सरकारबाट पहल भएको छैन ।
बरु, गृह प्रशासनबाट जानकारी लिएर प्रधानमन्त्रीले राहत तथा उद्दार गर्न निर्देशन दिए । तर, मुख्यमन्त्री र कर्णाली सरकारले थाहा नभएको जस्तै गरेको छ ।
र, यो पनि..