खलंगा : आइतबारदेखि जुम्लामा भारी वर्षा भइरहेको छ । अधिकांश ठाउँमा बाढी पहिरो गइरहेको छ । बाढीले जुम्लामा धानबालीदेखि विद्यालयसम्म डुवानमा परेका छन् ।
भने, स्थानीय सडकखण्ड अवरुद्ध भएका छन् । तातोपानी गाउँपालिकाको नियापानीमा झण्डै सय भारी खेतसँगै खेतमा भएका धान बगाएको स्थानीय जग्ती नेपालीले बताए । उनले भने, ‘धान बगाएसँगै ग्रिरीखोला जालपदेवी विद्युतुको बाँध समेत भत्काएको छ । दूई दिनदेखि विद्युत अवरुद्ध छ । ’
अविरल वर्षापछिको बाढीका कारण सुमलसाँघु र लामाचौरको काठेपुल समेत बगाएको छ । ग्रिरीखोलामा रहेको नेत्रज्योती विद्यालय डुवानमा परेको उनले जानकारी दिए । नेपालीका अनुसार, भान्या नेपालीको घर पनि बाढी पसेर भत्किने अवस्थामा पुगेको छ । नदी किनार भन्दा दुई सय मिटर भन्दा टाढा रहेको खेतबारी बगाएको छ ।
त्यस्तै टोप्लामा रेहेको विद्युत पावरहाउस र पानीघट्ट बगाएको स्थानीय देवी शाहीले बताइन् । उनका अनुसार, तातोपानी सात बाह्गाउको पातरसाँघुमा आएको बाढीले १ सय १७ भेडा मरेको बताइन् । उनले भनिन्, ‘ताम्ती ,टोप्ला, डोग्री लगायतको भेरी खोला क्षेत्रमा कति क्षेती भयो भनेर एकिन जानकारी छैन ।’
त्यस्तै भारी वर्षाले नाग्म गमगढी सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरीका अनुसार, रारालिही क्षेत्रका नदी क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले तिला गाउँपालिकाको सापुल्ली ,नुवाकोट र कुडारी बजारको तिखुनीका खेत बगाएको स्थानीय परिलाल कठायतले बताए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिलामा पुगेको थियो । ‘तिला, तातोपनी क्षेत्र निकै क्षति गरेको छ । हामी उक्त क्षेत्र पुगेर आएका छौं । यस विषयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतको पहल गर्ने, ‘उनले भनिन्, ‘ वर्षा रोकिएको छैन । धान र खेत त बगायो बगायो । उक्त क्षेत्रका वासिन्दाहरु सतर्क रहन जरुरी छ । ’
यता प्रहरीले तिलाको सेरी बजार क्षेत्रको क्षेत्रमा मान्छे बस्न दिएको छैन । उक्त नदी क्षे भएकाले तिला नदी बढिरहेको छ । त्यसैले मान्छेलाई बस्न नदिएिको प्रहरीले जानकारी दिएको छ । जुम्लाका अधिकांश खेतिहरु बाढीले बगाएको छ । केही माथिल्लो भेगमा धान खेतमै थिए । उक्त धान कुहिएका छन् । जुम्लामा वर्षाले वालीनालीमा निकै क्षति पुर्याएको छ । कति क्षति पुर्यायो डाटा आउन बाँकी छ ।