काठमाडौ । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जनाको मृत्यु भएको छ भने बाँकी दुई जनालाई अस्पताल भर्ना गरिएको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको पिसिआर रिर्पोटअनुसार सिन्धुपाल्चोककी २९ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
शनिबार राती आएको रिर्पोटअनुसार धनुषाका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । २० बर्षीय युवक र ६५ बर्षीय बुृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । यसअघि शनिबार बेलुकीसम्म २ सय ७८ जनामा कोरोना पुष्टि भएको थियो ।
२ सय ८१ संक्रमितमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन भने एक जना मृत्यु भएको छ । नेपालमा शनिबार कोरोनाका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो ।