काठमाडौँ : वन्यजन्तु फोटो पत्रकार बन्नु आफैमा ठूलो चुनौति हो । यो चुनौति जो सूकले पन्छाउनै सक्दैन । यो शोख पाल्न जति रहरलाग्दो छ । त्यत्तिकै कठिन पनि छ । त्यसैले पनि वन्यजन्तु फोटो पत्रकार भन्न जति सजिलो छ बन्न त्यत्रिकै गाह्रो छ ।
यो एक मृत्युसँग लुकामारी खेलिरहेको जिवित जीवनको खेल हो । जहाँ पलपल जीवन र मृत्यु भोगिरहेका वन्यजन्तुको निर्मम परिस्थितीको सामना गर्नुपर्छ । कमलो मन भएकाहरुलाई वन्यजन्तु फोटो पत्रकार बन्न मात्रै होइन, भन्न पनि सकिदैन । यो त ठूलो चुनौति पो हो ।
केही दिनयता चितुवाले माउ बादरलाई मारेर मुखमा झुण्डयाएको बेला पनि मृतआमाको काख नछाडेको बादर बच्चासहितको फोटो सामाजिक सञ्जालमा भाइरल छ । वन्यजन्तु फोटोग्राफर शकिफ मुल्लाले खिचेको यो तस्बिर यतिबेला सबैले प्रकृतिको नियम भन्दै सामाजिक सञ्जालमा शेयर गरेका छन् ।
दक्षिण अफ्रिकी वन्यजन्तु फोटो पत्रकार शकिफले आफ्नो इन्स्टामा हालेपछि यो फोटो भाइरल भएको हो । दक्षिण अफ्रिकाको लुएंगा राष्ट्रिय निकुञ्जमा शकिफले यो फोटो खिचेका हुन् ।
यो फोटो खिचेपछि शकिफले क्याप्सनमा लेखेका छन्, प्रकृति सँधै प्रिय हुँदैन । यसरी बाँदरलाई मारेको चितुवाले शिकार गरेर आफ्नो बच्चाहरु भएको ठाउँमा मारिएको आमा बाँदरलाई लैजाँदै गर्दा बच्चा भने आमाकै काखमा झुण्डिएको छ ।
बाँदरको बच्चालाई केही समयमै चितुवाका बच्चाहरुले मारेर खाएका पनि शकिफले आफ्नो इन्स्टामा लेखेका छन् । उनको यो फोटो भाइरल भएपछि हामीले उनका थप फोटो पनि सोधी खोजी गरेका छौँ । जसमध्ये उनले खिचेका हामीलाई लागेका केही उत्कृष्ट वन्यजन्तुका थप ९ तस्बिर छन् ।
जहाँ जंगली राजमा कसैले जीवन जिउँन कसैको हत्या गरेर रगत पिएर मासु खानुपर्ने प्राकृतिक नियमको खुल्लमखुल्ला प्रयोग आफ्नै आँखाले देखिन्छ ।