सल्यान : नेकपा एमाले सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १२ वडा मध्य ८ वटा वडामा मात्र आज वडा अधिवेशन सम्पन्न भएको छ ।अधिकांश वडामा सर्वसहमतिका आधारमा नयाँ नेतृत्व चयन भएको नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिकाका सचिव विनायक केसिले जानकारी दिएका छन् ।
सचिव केसीका अनुसार नगरपालिकाको वडा नं १ मा अध्यक्ष यान बहादुर भाट, उपाध्यक्ष लिलाधर बुढा, सचिव इमान सि बुढा, उपसचिव गोपाल वली चयन भएका छन् । वडा नं २को अध्यक्षमा महेश प्रसाद शर्मा, उपाध्यक्षमा चन्चल राना, सचिवमा गगन बिष्ट,उपसचिवमा टिके राना निर्वाचित भएका छन् ।
त्यसैगरी नगरपालिकाको वडा नं ३ मा विरबल पुन अध्यक्ष, टोप बहादुर पुन उपाध्यक्ष, सन्तु बोहोरा सचिव, भुपाल शाहु र प्रदीप बिक उप सचिवमा चयन भएका छन् । वडा नं ४ मा भने अध्यक्षमा मोतिलाल पुन, उपाध्यक्षमा तुल्सी बुढा, सचिवमा दलजित बुढा, उपसचिवमा चन्द्र बहादुर बुढा छानिएका छन् ।
आज भएको वडा अधिवेशनबाट नगरपालिकाको वडा नं ६ को अध्यक्षमा गृम रोका, सचिवमा बिष्णु पुन चयन भएका छन् भने वडा नं ७ को अध्यक्षमा प्रकाश वली, उपाध्यक्षमा सरोज खड्का,सचिवमा कृष्ण (बगर) बुढाथोकी, उपसचिवमा तेजेन्द्र बुढा र मान बहादुर बुढामगर निर्वाचित भएका छन् ।
त्यसैगरी वडा न ९ को अध्यक्षमा लोकेन्द्र बुढाथोकी,उपाध्यक्षमा दिपेन्द्र कुमाइ, सचीवमा आइतु रावत, उप सचीवमा चक्रबहादुर डाङ्गीलाई चयन गरिएको छ । वडा न १२ को अध्यक्षमा वीर बहादुर पुन (मदन) चयन भएका छन् । अन्य पदाधिकारीको नाम भने टुंगिएको छैन ।
त्यसै गरि वडाहरु ५, ८, १० र ११ मा यहि कार्तिक १३ गते भित्र वडा अधिबेशन गर्ने नगर सचिव केसिले जानकारी दिए । प्राविधिक कारणले आज सबै वडामा अ धिवेशन हुन नसकेको नेकपा एमाले बनगाड कुपिण्डे नगर कमिटीले जनाएको छ ।