सुर्खेत - शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हँुदा दिदीभाई घाइते भए । घाइते हुने दिदीभाई थिए, दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षका भाइ नरेश नेपाली ।
लीलाको घर भने वीरेन्द्रनगर–७ इत्राममा पर्छ । उनी सँगै उनका १४ वर्षका भाई नरेश वीरेन्द्रनगर–७ इत्राममा रहेको सोहन केसर खनालको एक पशु फर्ममा विगत चार महिनादेखि काम गदैँ आएका छन् । लीला दिउँसो फर्ममा काम गरेर आफ्नो घरमा फर्किन्छन् । उनका भाई नरेश खनालको घरमा बसेर काम गदैँ पढ्ने समेत गर्दछन् ।
लीलाको दैनिकी खनालले सञ्चालन गरेको पशु फर्ममा नै बित्ने गर्थ्यो । बिहान गोबर सोहोर्ने । कुडो दिने, घाँस काट्ने, काटेको घासँ पशु बस्तुलाई खान दिने लगायत उनको दैनिकी हो । कार्तिक ६ गते अर्थात शनिबार पनि लीलाले आफ्नो दैनिकी त्यसैगरि सुरू गरिन् । बिहान सात बजेको चिया नास्ता पछि दिदीभाई घाँस काट्न भनेर वीरेन्द्रनगर–७ इत्रामबाट एक घण्टाको उकालो बाटो हिँडेर कटकुवा वन तर्फ लागे ।
वनमा बुधबार र शनिबार घाँस, दाउँरा र स्याउलाको लागि खुल्ला गर्ने हुँदा दिदीसँगै भाई पनि शनिबार घाँस काट्न भनेर हिँडेको दिदी लीला बताउँछिन् । लीलाका अनुसार करिब एक घण्टाको उकालो बाटो छिच्लोल्दै बिहान ८ बजे कटकुवा वनमा पुगेर घाँस काट्न गएका सबैजना जंगल तर्फ लागे । लीला सँगै उनका भाई नरेश पनि जंगलतिर पसे । दिदीभाई मिलेर घाँस काट्दै भित्री जंगल तिर पसेको र सँगै गएका साथीहरू पनि अलि टाढाँ–टाढाँ पुगि सकेका अस्पतालको बेडबाट लीलाले बताइन् ।
उनले भनिन्, ‘घाँस काट्दै गर्दा भाईको घाँसको भारी पुरा भयो । मेरो भारी पुगेको थिएन । हामी दिदीभाईले घाँसको भारी बानेर बिसाउँने अनि मेरो भारी पुरा गर्ने सल्लाह ग¥यौ । दिदीभाईको सल्लाह पछि भाईको घाँसको भारी बानेर बिसायौं ।’
लीलाले थपिन् ‘घाँसको भारी बिसाएको ठाउँमा बम रैछ, एकै छिनमा विष्फोट भयो । भाईलाई चोट लाग्यो । म अलि पछाडी थिए । मैले हत्तपत्त भाईलाई आफु तिर ताने । भाई मेरो शरिरमा पल्टियो, बम पड्किएको आवाज मात्रै सुने । भाईसँगै म पनि बेहोस भए ।’
लीलाले आफु बेहोस भएको केही समय पछि होस आएको बताइन् । उनले भनिन् ‘मलाई समेत बमको छर्रा लागेको रहेछ, मलाई कम चोट लागेकोले एकछिन पछि होस आयो समय बिहानको नौ बज्नै लागेको रहेछ । भाई भने बेहोस अवस्थामै थियो ।’
बम विष्फोटको आवाज सुनेपछि लीलासँगै घाँस काट्न गएका साथीहरू पनि जम्मा भए । तत्काल फर्म सञ्चालक सोहन केसर खनाललाई लीलाले आफै फोन गरेर घटनाबारे खबर गरेपछि खनालले एम्बुलेन्स पठाए पछि दिदीभाईको तत्काल उद्धार गरि देउती अस्पतालमा पु¥याएको लीलाले बताइन् ।
लीला र लीलाका भाई नरेश भने घर धनी सोहन केसर खनालको घरमा विगत चार महिनादेखी नोकरी गदैँ आएका छन् । नरेश खनालको घरमा बसेर काम गदैँ नजिकैको श्रीकृष्ण साधारण माध्यमिक विद्यालय कक्षा ६ मा पढ्दै आएका छन् । खनालको फर्ममा ५ वटा गाई, ३ वटा भैसीं रहेका छन् ।
लीलाको घरमा सासु, ससुरा, तीनजना नन्द र चार वर्षको एक छोरी र दुई वर्षको एक छोरा रहेका छन् । लीलाका श्रीमान धर्म नेपालीको गत चैतमा निधन भएको थियो । उनले घरपरिवारको गुजाँरा चलाउँनको लागि मासिक सात हजारमा उक्त फर्ममा काम गदैँ आएको समेत बताइन् ।
हाल घाइते दिदीभाईको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । लीलाको अवस्था सामान्य रहेको छ । नरेशको दायाँ आँखामा गम्भिर चोट लागेको र आइतबार अप्रेशन हुने अस्पतालले जनाएको छ ।
यता, सो वनमा नेपाली सेनाले कहिलेकाहीँ अस्थायी तालिम सञ्चालन गर्ने जंगल भएकाले कतै पुरानो बम बचेको र उक्त बम चलाउदा विस्फोट भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट प्रहरी निरीक्षक कनक शाही नेतृत्वको टोली घटनास्थलमा गई थप अनुसन्धान गरिरहेको छ ।