नेपालमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जुन पहिलो र आम नेपालीका लागि दुःखको विषय हो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीया महिलाको बिहीबार नै मृत्यु भएपनि सरकारले तीन दिनपछि शनिबार पुष्टि गरेको छ । बिहीबार राती उनको निधन भएपछि शुक्रबार कोरोना परीक्षण गरिएको थियो ।
आरडिटी र पिसिआर परीक्षण दुबैमा पोजेटिभ रिर्पोट आएपछि पनि घटना गुपचुप नै थियो । तर शनिबार एकाएक उनको मृत्युको समाचार बाहिरियो । यतिबेलासम्म शुक्रबार संकलन गरिएको उनको स्वाब आधिकारिक परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
टेकुबाट पनि पोजेटिभ रिर्पोट आएपछि अन्ततः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार राती ती महिलाको कोरोनाकै कारण मृत्यु भएको र यो नेपालमा पहिलो मृत्यु भएको पनि पुष्टि गरेको हो ।
सुचना लुकाउने सरकारको दुस्साहस
यसअघि मृत्यु भएका भनिएका व्यक्तिलाई अन्तिममा कोरोना संक्रमण नदेखिएको बताउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटक त्यो दुस्साहस गर्न सकेन ।
धुलिखेल अस्पतालमै गरिएको पिसिआर परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको थियो । यो शुक्रबारको कुरा हो । पिसिआरले नै पोजेटिभ देखाएपछि डाक्टरले कोरोनाबाट महिलाको मृत्यु भएको प्रष्ट भनिसकेका थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना लुकाउने प्रयास जारी राख्यो ।
अन्ततः शनिबार दिउँसो मृत्तक महिलाका आफन्तबाट पत्रकारमार्फत सुचना बाहिरियो । लगत्तै धुलिखेल अस्पतालबाटै मृत्तक महिलाको पिसिआर रिर्पोट पोजेटिभ आएको पनि समाचार बाहिरियो । एकपछि अर्को गर्दै आशंका, बलियो प्रमाण र घटनास्थलमै वास्तविकता पत्ता लागेपछि सरकार आधिकारिक पुष्टि गर्न बाध्य भयो ।
अन्ततः बेलुकी झण्डै ९ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकालेर नेपालमा कोरोनाले पहिलो व्यक्तिको मृत्यु भएको दुःखद खबर सार्वजनिक गर्यो । महिलाको मृत्यु भइसकेपनि सरकारले उनीबाट जन्मिएको बच्चाको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी गराएको छैन् । साथै उनलाई कहाँबाट कोरोना सरेको हो भन्ने पनि पुष्टि भइसकेको छैन ।
शिक्षण अस्पतालमाथि आशंका !
सिन्धुपाल्चोक घर भई काभ्रेको धुलिखेलमा ज्यान गुमाएकी २९ बर्षीय महिलामा कोरोना कहाँबाट सरेको हो भन्ने थाहा हुन सकेको छैन । तर १० दिनअघि काठमाडौँको मुटुमा रहेको शिक्षण अस्पतालमा बच्चा जन्माएर उनी सकुशल घर फर्केकी थिइन । घर फर्किदा स्वस्थ्य रहेकी उनले एक हप्ता नबित्दै विश्वव्यापी महामारी कोरोनाबाट मुक्ति पाउन सकिनन् ।
उनलाई कोरोना कहाँबाट सर्यो एकिन छैन । तर शिक्षण अस्पतालबाटे उनलाई कोरोना सरेको आशंका गर्न सकिन्छ । एक हप्ताअघि नै शिक्षण अस्पतालमा भारत तथा तराईबाट उपचारका लागि आएका मािनसहरुमा कोरोना संक्रमण भइसकेको समाचार बाहिरिएको थियो ।
उनलाई पनि शिक्षण अस्पतालबाट कोरोना सरेकोमा कुनै आंशका छैन । कोरोना भाइरस सरेको एकिन नगर्ने सरकारले केही हप्तादेखि लकडाउन खुकुलो पारेको छ । जुन महामारी फैलिन कारक बन्ने निश्चित छ ।
कोरोनाबाट एक महिलाको ज्यान गइसक्दा शिक्षण अस्पताललाई सिल गरिएको छैन । सरकारले हलुकासँग शिक्षण अस्पतालका केही क्षेत्रका डाक्टर, नर्सलाई मात्रै परीक्षण गरेर हाइसञ्चो तुल्याएको छ । कम्तीमा एक महिनासम्म परीक्षण नगरी उनीहरु सुरक्षित रहेको भन्न सकिन्न । यदि यो दुस्साहस गरेमा अरु नेपालीले पनि सरकारकै लापरबाहीका कारण ज्यान गुमाउनुपर्ने निश्चित छ ।
प्रधानमन्त्री ज्यु अझै सुतिराख्ने ?
सरकारकै लापरबाहीका कारण सिन्धुपाल्चोककी महिलाको ज्यान गएको देखिएको छ । उनलाई एक हप्तादेखि नै संक्रमण भएको देखिन्छ । तर सरकारले परीक्षण गर्नै सकेन । उनमा संक्रमण भएर लक्षण पनि देखिए । तर पनि सरकारले परीक्षण गरेन ।
जब उनको ज्यान गयो । सरकारले कोरोनाबाट मृत्यु भएको घोषणा गर्यो । जुन खेदजनक छ । यदि ती महिलाले एक हप्ताअघि नै परीषण गरेर आफूलाई संक्रमण भएको थाहा पाए उनको उपचार हुन सक्थ्यो । अस्पतालको आइसियुमा लिएर पनि उनलाई डाक्टरले बचाउने कोसिस गर्थे ।
तर सरकारले कुनै प्रयास गरेन । अस्पतालमा आएका बिरामीको अब पहिले कोरोना परीक्षण गर्नु पर्ने हो । तर अहिले पनि सरकार विदेशबाट आएकालाई मात्रै प्राथमिकतामा राखेर परीक्षण गरिरहेको छ । जुन अर्को खेदजनक छ ।
यसअघि विदेशबाट आएका सिमित व्यक्तिबाट शुरु भएको कोरोना अहिले गाउँ बस्ती पसिसकेको छ । शुरुका दिनमा एक दुई जनामा देखिने कोरोना अहिले सयौ जनामा देखिन थालेको छ । यो संख्या अझै बढेर भयावह हुन सक्ने खतरा पनि छ । तर सरकार भने कानमा तेल हालेर बसेको छ ।
हरेक नागरिकलाई गास, बास र कपासको ग्यारेन्टी गरेर लकडाउन कडा गर्नुको साटो सरकार आफु बालुवाटारमा मोज मस्ती गरेर बसेको नेपाली नागरिकलाई याद छ । यदि सरकारले अझै पनि बालुवाटारमै हाई काट्दै सुत्ने हो भने कोरोनाको बेवास्ता सरकारसँगै सारा नेपालीलाई भारी पर्नेछ ।
ओलीको मुख्याई र लापरबाही
नेपालमा कोरोना प्रवेश गरेर फैलिदै गरेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा अध्यादेशको चेस खेल्दै थिए । जब उनले अध्यादेश मन्त्रिपरिषदबाट पारित गराए । तब आफुलाई राजा बनाउने भुत सवार गराए । जुन भुतले उनलाई नै आधाआधी सिध्याएको प्रष्ट छ ।
सारा नेपालीको विश्वास जितेर कोरोना महामारीलाई नियन्त्रण गर्नुको साटो देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले दल फुटाएर आफूलाई निरंकुश बनाउने मुर्खता गरे । जुन मुर्खताले आज सारा नेपाली कोरोना महामारीको दोसाधमा पुगेका छन ।
एक जनाको ज्यानै जाँदा प्रधानमन्त्री ओली बालुवाटारमा निदाइरहेका छन । दक्षिण छिमेकी भारतले सिमा मिच्दैछ । कोरोना महामारीले सारा नागरिक घरभित्रै लकडाउन छन । तर प्रधानमन्त्री ओली मदन भण्डारी मरेको १५ बर्षपछि हत्यारा पत्ता लगाउने गफ दिन्छन ।
कोरोना महामारीविरुद्ध कसरी राष्ट्रिय एकता जुटाउने ? परीक्षण दायरा कसरी बढाउने ? बिरामीको मनोबल कसरी बढाउने रु संक्रमणलाई बढ्नबाट कसरी रोक्ने ? यसबारे ओलीको कुनै योजना छैन । उल्टै उनी पार्टीभित्र र बाहिरको आलोचनाबाट कसरी लुक्ने भन्ने धाउन्नमा छन ।
भारतीय नाकाबन्दीको विरोध गरेर राज्यसत्ताको बागडोर सम्हाल्न आइपुगेका ओलीले यदि कोरोना महामारीलाई नियन्त्रण गर्न सकेनन् भने नेपालीे जनताले आगामी चुनावबाट यसको जवाफ दिनेछन ।