सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले विद्यालयका लेखापरिक्षकसहित सरोकारवाला विभिन्न केन्द्रीय निकायमा कार्यरत निकाय प्रमुख, प्रशासन तथा लेखा प्रमुखहरूकाबीच सोमबार अन्तरक्रिया सम्पन्न गरेको छ ।
आन्तरिक लेखापरिक्षकलाई थप प्रभावकारी बनाउन प्रतिस्पर्धाबाट छनौट भएका लेखापरिक्षकसहित सरोकारवाला विभिन्न केन्द्रीय निकायमा कार्यरत निकाय प्रमुख, प्रशासन तथा लेखा प्रमुखकाबीच सोमबार वीरेन्द्रनगर सुर्खेतमा अन्तरक्रियात्मक बैठक सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा उपकुलपति प्राडा.नन्दबहादुर सिंहले लेखापरिक्षकका सिलसिलामा आफ्नो व्यवसायिक मर्यादा एवं कार्यदक्षतालाई केन्द्रविन्दूमा राख्दै कुनै पनि किसिमको दबाब प्रभावमुक्त भएर आफूले अघि सारेको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको अभियानलाई टेवा पुर्याउन आग्रह गरे ।
![](/uploads/editor/2021-10-25/124124684247624894_6643352539039513_2154924359416376829_n.jpg)
उपकुलपति सिंहले लेखा प्रणालीका सार्वभौम सिद्धान्त, स्थापित मान्यता एवं अभ्यास अनुरुप काम गर्न र त्यसक्रममा उत्पन्न कमीकमजोरी सुस्पष्ट औंल्याउन नवनियुक्त लेखापरीक्षकलाई सुझाव दिए ।
त्यस्तै रजिष्ट्रार प्राडा. नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ चार्टर एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवाली, विभिन्न संकायका डीन, निर्देशक, क्याम्पस प्रमुख लगायत लेखाप्रमुख प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । भने उक्त बैठकको सञ्चालन प्रशासन अधिकृत दिनेश गौतमले गरेका थिए ।