सल्यान : देशभर नेकपा एमालेको वडा कमिटी अधिवेशन ६ गतेदेखि सुरु भयो । यसै क्रममा कर्णालीका हरेक वडाहरुमा अधिवेशन सम्पन्न भएसँगै सल्यानका गाउँ–नगरमा पनि सम्पन्न भएको छ । सल्यानमा मंगलबार प्रथम गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको एमाले सल्यानले जानकारी दिएको छ ।
बागचौर नगरपालिका : यस नगरपालिकाको अध्यक्षमा घनश्याम शर्मा, उपाध्यक्षमा उपेन्द्र वलि, सचिवमा मोहन चन्द, उप-सचिवमा भुपिन भण्डारी र शोभाराम भण्डारीसहित ७५ सदस्यीय नगर कमिटी चयन भएको छ ।
शारदा नगरपालिका : यस नगरपालिकामा पनि ७५ सदस्यीय कमिटी बनाइएको छ । जसको अध्यक्षमा मधुसूदन शर्मा, उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिवमा महेश देवकोटा, उप-सचिवमा सुरेन्द्र बुढा रहेका छन् ।
कालिमाटी गाउँपालिका : कालिमाटीको अध्यक्षमा केशर बुढा चयन भएकाछन् । उपाध्यक्षमा वीरबहादुर वली, सचिवमा वेलबहादुर चन्द, उप–सचिवमा सुमित्रा राना र मिलन वलीसहित ७३ सदस्यीय कमिटी चयन गरिएको छ ।
कपुरकोट गाउँपालिका : कपुरकोटको अध्यक्षमा दोर्णबहादुर केसी चयन भएका छन् । उपाध्यक्षमा ललिता गिरी, सचिवमा रुपक बुढा, उप–सचिवमा इश्वर बुढा र रुपलाल बुढाथोकीसहित ६१ सदस्यीय कमिटी चयन गरिएको छ ।
त्रिवेणी गाउँपालिका : यस गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव, मंगल रेउले र कुन्ता योगी उप-सचिवमा चयन भएका छन् । यहाँ ६१ सदस्यीय कमिटी बनाइएको छ ।
छत्रेश्वरी गाँउपालिका : अध्यक्षमा ज्ञानबहादुर खड्का, उपाध्यक्षमा डुमबहादुर केसी, सचिवमा देवराज घर्ती, उप–सचिवमा बसन्त वलीसहित ६७ सदस्य कमिटी चयन भएको छ ।
कुमाख गाँउपालिका :कुमाखमा भैरवबहादुर शाह अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा पम्फा खत्री, सचिवमा ताराबहादुर योगी, उप–सचिवमा तेजविर कामी र सुरेश चन्दसहित ७० सदस्यीय कमिटी चयन भएको छ ।
सिद्ध कुमाख गाउँपालिका : सिद्ध कुमाखमा पुष्पा कुमारी बोहरा अध्यक्षमा चयन भएकी छन् । उपाध्यक्षमा गोविन्द रेउले, सचिवमा लिलबहादुर रोका, उपसचिवमा गिर्दल रावत र विरेन्द्र बोहरासहित ६९ सदस्यीय कमिटी बनाइएको छ ।
दार्मा गाउँपालिका : दार्माको अध्यक्षमा बलबहादुर वली चयन भएका छन् । उपाध्यक्षमा गनेश बुढाथोकी, सचिवमा दिपक रोका, उपसचिवमा भावना वली र दिपक परियारसहित ६५ सदस्यी कमिटी बनाइएको छ ।
सल्यानमा दश पालिका रहेका छन् । जसमा, नौ पालिकाको नेतृत्व सर्वसम्म चयन भएको छ । बाँकी रहेको बनगाड कुपिण्डे नगरपालिकामा कात्तिक १३ हुने भएको छ । नौ पालिकाको नेतृत्व चयन गर्दा सिद्ध कुमाख गाउँपालिकामा मात्रै महिलालाई नेतृत्व दिइएको छ ।