वीरेन्द्रनगर नगरपालिका–८ को एमाले वडा अधिवेशनबाट चयन पदाधिकारी
सुर्खेत : सुर्खेतका नौ स्थानीय तह रहेको सुर्खेत जिल्लाको सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीले सुर्खेतका धेरै वडाको एमाले वडा अधिवेशन अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार एकालेले हाल अधिवेशन भएका सबै वडाको नयाँ नेतृत्व सर्वसम्मत नै चयन भएका छन् ।
वीरेन्द्रनगरमा नगरपालिका : वडा नम्बर १ को अध्यक्षमा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्गबहादुर दर्लामी, ८ मा देवी पौडेल (महिला) सर्वसम्मत अध्यक्षमा चयन गरिएको छ ।
त्यस्तै ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही (महिला), ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणि चपाइ, १३ मा बासुदेव पौडेल र १४ को अध्यक्षमा नवराज रोकाय, वडा नम्बर १५ मा हिक्मत वली र वडा नम्बर १६ मा भुपेन्द्र ज्ञवाली अध्यक्ष बनेका छन ।
पञ्चपुरी नगरपालिका : वडा नम्बर १ को अध्यक्षमा हिक्मतबहादुर बुढा, २ मा भीमबहादुर बुढा, ३ मा रामु चपाई, वडा नम्बर ४ रामप्रसाद अधिकारी, ५ मा पदमराज रिमाल, ६ मा शेरबहादुर सार्की, ७ मा मानबहादुर साउद, ८ मा पञ्चासिंह थापा, ९ मा पूर्णप्रसाद खराल, १० मा सुरेश शर्मा र वडा नम्बर ११ दिलु सुनार अध्यक्ष बनेका छ ।
लेकबेशी नगरपालिकामा : वडा १० वटा वडा भएको लेकबेशीमा पनि एमाले वडा अधिवेशन सकिएको छ । भने यसमा पनि सबै सर्वसम्मत नै चयन भएका छन् । जसमा नम्बर १ को अध्यक्षम हस्तबहादुर पुन, २ मा मोतिसिंह गुरुङ, ३ मा थीरबहादुर चलाउने, ४ मा कर्णबहादुर राना, ५ मा हरिलाल घर्ती, ६ मा कृष्णबहादुर थापा, ७ मा दीपक पौडेल, ८ मा हरि कंडेल, ९ मा राजु पौडेल र वडा नम्बर १० यामप्रसाद आचार्य चयन भएका छन् ।
भेरीगंगा नगरपालिका : वडा नम्बर १ मा पदम वली, २ मा गोरख बुढा, ३ मा विशाल पुन, ४ मा गङग खत्री, ५ मा जापेन्द्र महरा, ६ मा बिजय बाह्रघरे, ७ मा दिलिप बस्याल, ८ मा काशी शर्मा, ९ मा बिरजित बस्याल, १० मा मोहन केसी, १२ मा मेघबहादुर बिक र वडा नम्बर १३ तीर्थबहादुर बुढा सर्वसम्मत चयन भएका छन् । भने वडा नम्बर ११ मा अधिवेशन हुन भएको र नतिजा साँझ मात्रै आउँने नेकपा (एमाले) सुर्खेतका सदस्य यज्ञप्रसाद ढकालले बताए ।
गुर्भाकोट नगरपालिको : वडा नम्बर १ को अध्यक्षमा गौतम थापा, २ मा युबराज कडेल, ३ मा तुलाराम बिस्ट, ४ मा रामबहादुर ओलि, ५ मा बेलबहादुर डागी, ६ मा कुलबहादुर ओलि, ७ मा बालाराम शर्मा, ८ मा तुलसिन्ह बिक, ९ मा पहलमान घर्ती, १० मा रुद्र खत्री, वडा नम्बर १३ इन्द्रदेब गिरि र वडा नम्बर १४ बेलबहादुर बिक चयन भएका छन् । भने वडा नम्बर ११ मा अधिवेशन भईरहेको छ ।
चिङ्गाड गाउँपालिका : वडा नम्बर १ मा चेतबहादुर घले, २ मा गगन राना, नम्बर ३ मा नहकुल डिसि, ४ मा टेकबहदुर राना, ५ मोहन राना र वडा नम्बर ६ छबिलाल राना चयन भएको एमाले सुर्खेतले जनाएको छ ।
चौकुने गाउँपालिकामा : वडा नम्बर १ मा दिनेश थापा, २ मा दिनेश कठायत, ३ मा गणेश राना, ४ मा तुलाराम मस्र्यांनी, ५ मा तुलाराम हिस्की, ६ मा हरिकला विसी, ७ मा कासीराम देवकोटा, ८ मा पर्शुराम वास्तोला र वडा नम्बर १० कलम शाही अध्यक्षमा चयन भएका छन् । वडा नम्बर १० मा अधिवेशन भई रहेको छ ।
बराहताल गाउँपालिका : वडा नम्बर ४ जगमल बुढा अध्यक्षमा चयन भएका छन् । त्यस्तै वडा नम्बर ५ कमल थापा, ८ मा पदम कुमार नेपाली, ९ मा दानबहादुर गाहा, बाँकी एक वडामा कात्तिक १२ गते अधिवेशन हुँने छ । भने बाँकी वडामा चुनिएका प्रदाधिकारीको नाम संकलन भईरहेको एमाले सुर्खेतले जनाएको छ ।
सिम्ता गाउँपालिकामा : वडा नम्बर १ सुकलाल शर्मा, २ मा खगेन्द्र सिंह, ४ मा शंकर खड्का, ५ मा वालकृष्ण शाही, ६ ललितसिंह ठकुरी, ७ मा नवीन केसी, ८ मा हस्तबहादुर चन्द, ९ मा नरबहादुर राना अध्यक्षमा चयन भएका छन् । वडा नम्बर ३ मा १३ गते अधिवेशन हुने जनाईएको छ ।