सल्यान : सुर्खेतको सिम्तामा विद्यालयका प्रधानाध्यापक नै एमालेका वडा अधिवेशनको नेतृत्वमा बसेका छन् । विद्यालयका प्रधानाध्यापक शिक्षा ऐन अनुसार कुनै पनि पार्टीको जिम्मेवारीमा बस्न पाउने अधिकार छैन । तर सिम्तामा धमाधम विद्यालयका शिक्षक नै एमालेको कार्यकारी नेतृत्वमा बसेका हुन् ।
सिम्ता गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको थियो । जहाँ १ देखि ९ नं वडाहरुको अधिवेशन मंगलबार सम्पन्न भएको छ भने ३ नं वडामा भने १३ गतेलाइ अधिवेशन तोकिएको छ ।
नयाँ नेतृत्वमा भने वडा नं १ मा अध्यक्ष शुभलाल शर्मा,उपाध्यक्ष वालाराम शर्मा,सचिव चित्रवहादुर वुढा, उप सचिव बिक्रम हमला,प्रमिला खत्री, वडा २ मा अध्यक्ष खगेन्द्र सिंह उपाध्यक्ष, महेन्द्र कुमार चन्द, सचिव कृष्ण वहादुर सिंह,उप सचिव चमेलि थापा, ललित केसी, वडा नं ४ मा अध्यक्ष शंकर खड्का, उपाध्यक्ष ददे परियार, सचिव बिर्ख वहादुर महतारा, उप सचिव सम्मर घर्ती, प्रकाश मल्ल,वडा ५ मा अध्यक्ष बालकृष्ण शाहि, उपाध्यक्ष डम्बर चन्द, सचिव महत खत्री, उप सचिव दिपक सुनार, विरवहादुर खत्री ।
वडा ६ मा अध्यक्ष ललित सिंह ठकुरी, उपाध्यक्ष दिलवहादुर अधिकारी, सचिव लोकेन्द्र पुन, उप सचिव गणेश सोनि,सुर्जकला सुनार, वडा ७ मा अध्यक्ष नवीन केसि,उपाध्यक्ष लक्ष्युमान सिंह, सचिव चन्द्र प्रकाश थापा,उप सचिव रामवहादुर नेपाली, झ्यामकला खत्री, वडा ८ मा अध्यक्ष हस्तवहादुर चन्द,उपाध्यक्ष युद्ध वहादुर मल्ल, सचिव खुम्बलाल नेपाली, उप सचिव रत्न खड्का, लालबहादुर खड्का र वडा नं ९ मा अध्यक्ष नरवहादुर राना,उपाध्यक्ष कलावति आरसी, ,सचिव गणेश सिंह,उप सचिव रविन आरसी, प्रेमकला सुनार रहेको नेकपा एमाले सिम्ताले जनाएको छ ।
शिक्षकहरु धमाधम कार्यकारि पदमा वसे पछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । स्थायी दरबन्दीमा कार्यरत शिक्षक सुर्खेत सिम्ता गाउँपालीका वडा नं।१ नेकपा एमाले वडा कमीटी अध्यक्ष शुभलाल शर्मा,वडा नं. ४ का वडा कमीटि अध्यक्ष शंकर खड्का, सचिव बिर्ख बहादुर महतारा, वडा नम्बर ६ का सचिब लोकेन्द्र पुन, वडा नं. ७ वडा कमीटी अध्यक्ष नवीन के. सी र वडा नं. ८ वडा कमीटी अध्यक्ष हस्त बहादुर चन्द शिक्षक हुन ।
शिक्षा ऐेनको दफा १६ ङ ९५ ०मा भएको ब्यबस्था अनुसार उनिहरुलाइ कानुनी कारवाहि गर्न माग गरिएको छ । राजनीति वा शिक्षण पेसामध्य एक पद रोज्न दवाव सुरु भएको छ ।
सुर्खेतमा एमालेको सिम्ता गाउँपालिका वडा नं ४ को वडा अधिवेशनबाट वडा कमिटी अध्यक्षमा श्री लक्ष्मी प्राथामिक विद्यालयका प्रधानाध्यापक शंकर खड्का र वडा सचिवमा बागेश्वरी प्राविका प्धानाध्यापक बिर्ख बहादुर महतारालाइ सर्बसम्मत मनोनयन गरे पछि विरोध सुरु भएको छ ।