खलंगा : कर्णाली प्राविधिक शिक्षालय जुम्लाले विद्यार्थीमाथि विभिन्न कर्तुत गर्दै आएको पाइएको छ । पहिले छनोटमा परेका विद्यार्थी पार्टी नमिलेपछि विद्यार्थीको नाम ‘लिस्टबाट आउट’ गरिदिएको पाइएको हो । मुगुको छाँयानाथ रारा नगरपालिका - १० की झुमा नेपाली कर्णाली प्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सीटीइभीटी) अन्तर्गत आइएसिएजी पढाइका लागि फर्म भरिन् ।
केटीएसले यस पटक महामारी कोरोनाका कारण लिखित परिक्षा भरेको फर्म र विद्यार्थीको जीपीएका आधारमा विद्यार्थी छनौट गर्यो । उक्त छनोटमा झुमा पनि परिन् । भर्नाको लागि केटीएसले कात्तिक १२ गते सम्मको मिति तोक्यो । सुचना सार्वजनिक गर्यो । त्यतिमात्रै होइन, स्थानीय रेडियोमा समेत बजायो । तर, झुमाका आफन्त पदम मल्ल ११ गते नै भर्ना गर्न केटीएस पुगे । तर, भर्ना लिएन । कारण उनको ठाउँमा अर्कोलाई उनीभन्दा जीपीए कम ल्याएकीलाई भर्ना गरिसकेको थियो ।
११ गते भर्ना गर्न पुगेका मल्लका अनुसार, केटीएसले भर्ना १२ गतेसम्म राखेको थियो । तर, झुमाकै कोटामा मुगुकै अर्को विद्यार्थी भर्ना गरियो । झुमालाई कैकल्पिक विद्यार्थीमा राखेको बताइयो र भर्ना गएका आफन्तलाई फर्काइयो । झुमा छनोटमा परेर पनि शिक्षालयले उनको भर्ना गरिदिएन । कारण, परिवार कांग्रेस समर्थक भएपछि।।
झुमाको घरपरिवार कांग्रेस समर्थक हो । केटीएसका सहायक– प्रमुख उज्जल सिहं कुमाइले मुगु झुमा नेपालीकै गाउँका हुन् ।उनीहरु एमाले निकटका हुन् । झुमाको परिवार कांग्रेस समर्थक भएपछि उनीहरुले मुगुकै अर्को विद्यार्थीलाई हालेर एमाले निकट हालेर झुमालाई आउट गरिदिएको बुझिएको छ ।
यस विषयमा शिक्षालय प्रमुख टेकेन्द्र थापाले आफु जिल्ला बाहिर रहेकाले यस बिषयमा जानकारी नभएको बताए । उनले भने, ‘ १० गतेसम्म मिति थियो । उनको कोठामा वैकल्पिक विद्यार्थी भर्ना गरिएको जानकारी छैन ।’
जुम्लाबाट संञ्चालित रेडियोबाट कात्तिक १२ गतेसम्मको लागि भर्ना मिति भनियो । त्यहिँ अनुसार टेकेन्द्र थापाकै नाम राखेको सुचना जारी भयो । तर, झुमालाई १० गते भर्ना मिति सकियो भनेर पठाइएको हो ।
टेकेन्द्र थापाले आइएसिएजीको भर्ना भर्ना मिति १० गतेसम्म मात्रै भएको दाबी गरेका गरेका छन् । उनले भने, ‘शिक्षालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई फोन गर्न सम्भव छैन । हामी गर्दैनौ पनि । उनीहरुले चासो रोखेर आउनु पर्यो ।’
झुमा नेपाली एक प्रतिनिधि पात्र मात्रै हुन् । केटीएसले यसभन्दा पहिले पनि राजनीति भर्ती धेरै गरेको गुनासो आएको थियो । झुमालाई उनको परिवार कांग्रेस समर्थक भएकै कारण केटीएसले एमाले समर्थक विद्यालयलाई राखेर झुमालाई आउट गरेको हो । झुमा भर्नामा पर्ने थुप्रै कारण छन् । उनी विपन्न दलित छात्रा समेत हुन् । तर, केटीएसको राजनीति भर्तीमा उनको नाम आउट भएको हो ।
२०३६ सालबाट सुरु भएको केटीएसमाः अहेव, अनमी, सवओभरसियर र डिप्लोमा तहको अन्तर्गत आइएसिएजी, सिभिल इन्जिनियरिङ र फरेष्टि कार्यक्रम संचालन छ ।