सुर्खेत : ११ पालिका रहेको दैलेखमा ९० वडा छन् । जस मध्ये २४ वडामा एमाले अधिवेशन सकिएको छ । शुक्रबारदेखि भएको एमाले वडा अधिवेशनमा २४ वटा वडाको अधिवेशन सम्पन्न भएको एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले जानकारी दिए ।
अध्यक्ष शर्माले कर्णाली खबरलाई दिएको जानकारी अनुसार, नारायण नगरपालिका–१ देखि १० सम्म सकिएको छ । अन्य वडाको नतिजा आउँन बाँकी छ । त्यस्तै महावु गाउँपालिकाको १, २, ३ र ६ नम्बरको पनि अधिवेशन सकिएको छ ।
दुल्दु नगरपालिकाको १, ४, ६, ७, ९ नम्बर वडाको अधिवेशन सकिएको छ । भने, नौमुलेको ४, ६, भैरवीको २, ३, ६ वडा नम्बरको पनि अधिवेशन सकिएको छ ।अन्य वडाको नाम संकलन भइरहेको एमाले दैलेखले जनाएको छ ।
भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, ठाँटीकाँध गाउँपालिका, गुराँस गाउँपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र आठबिस नगरपालिको अधिवेशन पनि सकिएको र पदाधिकारीहरुको नाम भोली विहानसम्म संकलन हुने बताइएको छ ।
अध्यक्ष शर्माका अनुसार अधिवेशन दिउँसो १ बजेदेखि ३ बजे भित्रको समयमा भएको थियो । अधिवेशन ढिलो हुँदा नाम लिस्ट आउन बाँकी छ । साथै दैलेखमा ९० वटै वडाहरूमा सर्वसम्मत नै नेतृत्व चयन हुने बताइएको छ ।