सुर्खेत : आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०७७/०७८ को आफ्नो वार्षिक प्रतिवेदन कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष पेस गरेको छ ।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रतिवेदन पेस गरेका हुन् ।
कार्यक्रममा आयोगका अध्यक्ष थापाले आदिवासी जनजाति आयोगले हालसम्म गरेका महत्त्वपूर्ण कार्यहरू, आगामी कार्य–योजना र आयोगले सरकारलाई दिएका महत्त्वपूर्ण सुझावहरूको बारेमा प्रदेश प्रमुखज्यू समक्ष छोटकरीमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा प्रदेश प्रमुख कलौनीले समृद्ध नेपाल हुनका लागि सबै जातजातिका मानिसको समान विकास हुनुपर्ने बताउँदै आयोगले हालसम्म गरेका कामहरूको प्रशंसा गरेका थिए ।
कार्यक्रममा आयोगका सदस्य डा।मीनबहादुर श्रीस, कर्णाली प्रदेश सभाका सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका मुख्य सचिव खगेन्द्र पुन मगर, आदिवासी जनजाति महासंघ सुर्खेतका जिल्ला अध्यक्ष जीवनकुमार शाक्य, कुमाल महासंघका लाले कुमाल, नेपाल मगर संघ कर्णाली प्रदेशका सल्लाहकार हरि थापा, नेपाल मगर सङ्घ सुर्खेतका अध्यक्ष दिलबहादुर वेशी मगर, कुमाल समाजका बिक्रम कुमाल, लगायतको उपस्थिति रहेको थियो ।