सल्यान : सल्यानमा एमाले र माओवादीबाट थुप्रै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । अझ एमालेको नगर अधिवेशनकै बेलामा थुप्रै कार्यकर्ता एमालेका कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसमा माओवादीबाट ५ र बाँकी ७ जनाले एमालेबाट प्रवेश गरेर कांग्रेसको सदस्यता समेत लिएका हुन् ।
यसले माओवादि केन्द्र र एमालेलाई धक्का पुगेको छ । पार्टीका इमान्दार कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गर्दा एमाले माओवादीलाई धक्का पुगेको हो । नेकपा एमालेले प्रथम नगर अधिवेशन गृनपिस प्यालेसमा गरिरहेकै बेला पुर्णीमा होटल गैलिबजारमा कांग्रेस प्रवेश गर्ने कार्यकर्ताहरुको लहर नै लागेको थियो ।
माओवादीबाट विरवल पोख्रेल, पुष्कर कामी, लोकेन्द्र विक, सुववहादुर विष्ट, रमेश परियारले कांग्रेस प्रवेश गरेका हुन् । भने, एमालेबाट मोहलाल साहु, दुर्घेस खड्का, शिव माझी, सुरेस खड्का, सवीर हास्विन, अर्जुन शाही लगायत १२ जनाले कांग्रेस प्रवेश गरेका हुन् ।
प्रवेशीलाई स्वागत गर्दै नेपाली कांग्रेसका केन्द्र तथा जिल्ला तहका नेताहरु सल्यान पश्चिम पुगेका थिए । डिल्लीराज रेग्मी, एकराज डाँगी, धुर्वराज पुरी, सुरेस अधिकारी, नगर सभापति पुरुषोतम आचार्य, दिपेन्द्र विष्ट लगायतका नेता पुगेका हुन् ।