काठमाडौं : नेपाली गीत सुन्ने जो-कोहीको मन मुटुमा बस्न सफल गायक हुन्- प्रमोद खरेल । उनका गीत प्राय सबै हिट छन् । उनी माया प्रेम, बिछोड, मिलन, दु:ख पिडालगायत विधामा गाउने गायक मध्य एक हुन् । ‘मेरो दिल छ पोखरामा’बाट आफ्नो ब्रान्ड बनाएका प्रमोदले पछि फर्केर हेर्ने मौका नै पाएनन । गीतसँगै उनको सफलता झन् चुलिँदै गयो । दुई दशकयता गायक प्रमोदले हरेक नेपालीको मन र मस्तिष्कमा राज गरेका छन् ।
‘राम्रो मान्छेलाई फलाम दिए पनि सुन फलाउँछन’ नेपाली एक उखान जस्तै गायक प्रमोदले जुन विधामा गीत गाए पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका हुन्छन् । उनले केही महिनाअघि लोक दोहोरी गीत 'धरो धर्म विद्यानाश'बाट पनि राम्रो प्रतिक्रिया पाएका थिए ।
पछिल्लो समय विश्वमै राम्रो बजार लिएको टिकटकमा कुन हिट, के फ्लप, के विवादित बनेको देख्न सकिन्छ । यति मात्र नभएर टिक टकले अभिनयसंगै मोडलिङमा उतिकै सक्रिय रहेको देखिन्छ ।
टिकटकबाट पनि नेपाल पनि चोखो छैन । टिकटककै कारण कसैको करियर धेरै राम्रो बनाएको छ भने कतिको करियर डामाडोल बनाएको छ । कतिको घरबार बनाएको छ भने कति को घरबार बिग्रेको छ ।
अहिले यस्तै चर्चित गायक प्रमोदको नयाँ गीत 'सुनैको दरबार' टिकटकमा निकै भाइरल भएको छ । हजारौंभन्दा धेरैले यो गीतमा टिकटक बनाइ सकेको छन् ।
उक्त गीतले नेपाली समाजलाई यथार्थ चित्रण गरेको छ । गीतमा माया र प्रेमलाई देखाएको छ । गीतमा दु:ख छ पिडा छ । तर पनि निरन्त संघर्ष गरिरहेका छन् ।
गीतमा चर्चित नायक बिपिन कार्की माझिको भूमिकामा देखिएका छन् । यति दुख गरेर पनि आफ्नो मायालाई खुसी र भरपुर माया दिएका छन् । कहिले निराश हुन् दिएका छैन् ।
तर गीत सार्वजनिक भएको एक महिना भो तर अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ। तर युट्युबमा भने सोचेको जस्तो भिजिटर आएको छैन ।
गायक प्रमोदसंगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । क्षितिज सापकोटाको शब्द रहेको गीतमा दीपकराज बिश्वकर्माले संगीत भरेका छन् । उक्त भिडियोलाई निकै आकर्षक र मन छुने गरि निर्माण गरिएको छ । भिडियोलाई युबराज विबाले निर्देशन गरेका छन् ।