काठमाडौँ । कोरोना भाइरससँगको लडाई जितेर १९ लाख मानिस घर फर्किएका छन । पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको उपचारपछि १९ लाख ८ हजार मानिस घर फर्किएका हुन । अहिलेसम्म झण्डै ४९ लाख मानिस संक्रमित छन भने ३ लाख २० हजारको ज्यानै गएको छ ।
सबैभन्दा धेरै अमेरिकामा साढे १५ लाख मानिस संक्रमित हुँदा झण्डै ९२ हजारको मृत्यु भएको छ । ३ लाख ५६ हजार अमेरिकन उपचारपछि निको भएर घर फर्किएका छन । यस्तै रुसमा २ लाख ९० हजार संक्रमित हुँदा ७० हजार मानिस उपचारपछि घर फर्किएका छन । २ हजार ७ सय २२ जनाको मृत्यु भएको छ ।
यस्तै स्पेनमा २७ हजार, ब्राजिलमा १६ हजार, बेलायतमा ३४ हजार, इटालीमा ३२ हजार, फ्रान्समा २८ हजार, जर्मनीमा ८ हजार, टर्कीमा ४ हजार, इरानमा ७ हजारको मृत्यु भएको छ । यस्तै भारतमा तीन हजार, पेरुमा २ हजार, चीनमा ४ हजार र क्यानडामा ६ हजार मानिसको मृत्यु भएको छ ।
संक्रमितको मृत्युसँगै निको भएर घर फर्किनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । स्पेनमा १ लाख ९६ हजार, ब्राजिलमा १ लाख, इटालीमा १ लाख २७ हजार, फ्रान्समा ६१ हजार, जर्मनीमा १ लाख ५४ हजार, टर्कीमा १ लाख ११ हजार, इरानमा ९५ हजार र भारतमा ३९ हजार मानिस उपचारपछि घर फर्किएका छन ।
नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित छन भने दुई जनाको मृत्यु भएको छ । ३६ जना नेपाली उपचारपछि निको भएर घर फर्किएका छन ।