सुर्खेत : कर्णालीमा ‘असर’ सिकाई उपलब्धी मापन अध्ययनको सर्वेक्षण गरिने भएको छ। स्थानीय तहमा सहकार्य र समन्वय गरिने असर नेपालका अध्यक्ष अधिवक्ता रोशन पोखरेलले बताए । यो कार्यक्रमका लागि असर नेपालले वीरेन्द्रनगरा एकदिने अभिमुखी तथा सहकार्य वैठक समेत गरिसकेको छ ।
यो अध्ययन असर बिधिबाट गरिने छ, ‘उनले भने, ‘यो नागरिक नेतृत्वमा गरिने सिकाइ उपलब्धी मापनको नयाँ विधिको रुपमा लिइएको छ । यस विधिमा समुदायकै सदस्यहरुलाई आवश्यक तालिम दिने र उक्त तालिम प्राप्त व्यक्तिहरुले नै आफ्नो समुदायको विद्यालय जाने सबै उमेरका बालबालिकाहरुको गणित, अंग्रेजी र नेपाली विषयमा आधारभूत सिकाइको अवस्था के छ ? भन्ने कुराको तथ्यमा आधातित सर्वेक्षण गर्ने गर्छन’
यसअघिको असर नेपालले गरेको पछिल्लो अध्यन अनुसार ८/९ मा अध्ययन गरिरहेका बालबालिकाहरुले समेत नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा २ वा ३ तहमा हुने सामान्य आधारभूत कुराहरु समेत नजानेको देखिन्छ।
सो नतिजालाई मध्यनजर गरी कर्णालीमा पनि पाइलटको रुपमा ५ वटा स्थानीय तहमा यो सिकाई उपलब्धी मापन अध्ययन सर्वेक्षण गर्न लागिएको हो।
५ स्थानीय तहमा गरिने अध्ययन पश्चात कर्णाली प्रदेशका अन्य स्थानीय तहहरुमा पनि अध्ययन सर्वेक्षण गरिने पोखरेलले बताए । यस किसिमका अध्ययनबाट आएका नतिजाहरुलाई पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा छलफल गरिनेछ ।
![](/uploads/editor/2021-11-03/053133170250691144_570333290909982_378652047553639900_n.jpg)
उनले भने ,‘बालबालिकाहरुको सिकाइलाई अझ राम्रो र उत्कृष्ट बनाउनको लागि सक्दो समाधानहरुको खोजी हुने कुरामा विश्वास गरिएको छ।’ पाइलट सिकाइ उपलब्धी मापन अध्ययन सर्वेक्षण सुर्खेतको बराहताल गाउँपालिकामा सम्पन्न भइसकेको असर नेपालका प्रदेश संयोजक ललित जंग शाहीले जानकारी दिए ।
के हो असर नेपाल ?
असर नेपालले बिगत सन् २०१६ देखि बालबालिकाहरुले आधारभूत सिकाइ सम्बन्धी उपलब्धि हासिल कत्तिको गरेका छन् भनेर थाहा पाउनको लागि असर सर्वेक्षण गर्दै आइरहेको छ ।
असर नेपाल कुनै संस्था, गैरसरकारी संस्था होइन । असर विभिन्न व्यक्तिहरु, संघ-संस्था र निकायहरु मिलेर तयार परेको सिकाइ उपलब्धी मापन गर्ने एक अध्ययन विधि हो ।
यो विधि नेपालमा तयार गर्नको लागि त्रिभुवन विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक राजिब तिमल्सिनाले संयोजन गरेका छन् । असर नेपाल हाल गल्ली गल्ली नामक संस्थाद्वारा सञ्चालित छ, जसको अध्यक्ष अधिवक्ता रोशन पोखरेल रहेका छ्।
यस कर्णाली प्रदेशमा संयोजकको भूमिकामा मध्य पश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक ललित जंग शाही रहेका छन् । यो सिकाइ उपलब्धी मापन दक्षिण एसियाका ४ ओटा देशहरु नेपाल ।
बंगलादेश, म्यान्मार र अफगानिस्थानमा सिकाइ उपलब्धी मापन विधिमा काम गर्ने संस्थाहरुसँग समन्वय गर्दै एउटा साझा एलाएन्स बनाउने अभिप्रायले अघि बढाइएको छ ।