काठमाडौं: कोरोना महामारीको असर विश्वमा भरि परेको छ । तर यसको प्रत्यक्ष असर नेपालमा परेको छ । त्यसमा पनि नेपाली चलचित्र उद्योग थला परेको छ । हलमा चलचित्र छ तर दर्शक छैन ।
कोरोनाकै समयमा हलमा पाँच छ चलचित्र प्रदर्शन भए । तर कुनै पनि चलचित्र सार्वजनिक भएको पाटी भएन् । रिलिज भएका कुनै पनि चलचित्रले दर्शक तान्न सकेन् । सिधै भन्दा फिल्मले आफ्नो लगानी पनि उठाउन सकेको छैन् ।
नेपाली चलचित्र क्षेत्रमा आफ्नै छुटै पहिचान बनाएको टिम हो 'छक्का पन्जा'। उनीहरुले आफ्नो 'छक्का पन्जा' ब्रान्ड बनाएका छन् । उनीहरुलाई लिएर फिल्म बनाए धोको बनेको छ । उनीहरुलाई आफ्नो फिल्ममा खेलाएपछि लगानी सुरक्षित हुन्छ । भनेर 'छक्का पन्जा' टिमसंग सहकार्य गर्न थालेका छन् । तर अहिलेसम्म रोहित अधिकारीको ‘छ माया छपक्कै’संग सहकार्य गरेका छन्।
चलचित्र ‘छ माया छपक्कै’मा काम गरेपछि नयाँ चलचित्र घोषणा नगरेका कलाकार दीपकराज गिरी र उनको टिमले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहितसँग दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए ।
‘छ माया छपक्कै’ २०७६ को सर्वाधिक कमाइको रेकर्ड राखेको चलचित्र हो । उक्त चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।
'छक्का पन्जा'को टिमले पनि 'छक्का पन्जा ४' निर्माणको तयारीमा लागेको छ । तर निर्देशक हेमराज बीसी निर्देशन गर्न लागेको चलचित्र भन्दा अघि वा पछि 'छक्का पन्जा ४' निर्माण हुन् सक्ने 'छक्का पन्जा 'टिमले बताएको छ ।
चलचित्रको कथा पनि हेमराजले नै लेखेका हुन् । दीपकराज र उनको टिमले चलचित्रको कथा मन पराएको बताइएको छ । उनीहरु काम गर्नका लागि मौखिक रुपमा सहमत भएपनि लिखित सम्झौता भने भइसकेको छैन ।
उक्त चलचित्रमा दीपकराज गिरीसंगै केदार घिमिरे र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहनेछ ।
हेमराजले पछिल्लो समय निर्देशन चलचित्र ‘घामड शेरे’ गरेपछि मौन रहेका थिए । निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का लिएर हेमराजले ‘घामड शेरे’ बनाए । नामले राम्रो र गीत संगीतले ब्रान्ड पायो । तर चलचित्रले सोचेको जस्तो नकमाए पछि हेमराज मौन रहेका थिए ।
अब दीपकसँग पहिलो पटक सहकार्य गर्न लागेका हुन् । दीपक र निर्माता रोहितको दोस्रो सहकार्य गर्न लागेका छन् ।
दुई बर्षको अन्तरालपछि फेरी नेपाली चलचित्रमा फर्किने मनस्थिति बनाएका छन् । चलचित्र बिकास बोड र निर्माता तथा निर्देशक, चलचित्र पत्रकार प्रकाश सुबेदीले भनेको अभिव्यक्ति अनुसार अब हालसम्म दर्शक तान्न कि 'छक्का पन्जा' टिमले र कि नायक अनमोल केसी र नायक प्रदिप खड्काका फिल्म लाग्नु पर्छ ।
अब के दुई बर्षपछि 'छक्का पन्जा' टिमले फेरी आफ्नो दर्शक तान्न सक्ला र ? कोरोना महामारीका कारण थला परेको नेपाली चलचित्र उद्योग फेरी पुरानै ठाउँमा ल्याउन सक्क्ला त् ? अहिले सबैको नजर 'छक्का पन्जा' टिम तिर रहेको छ ।