सल्यान: सल्यानमा प्रहरीलाई सवारी साधन अभाव भएको भन्दै प्रहरी नै इलिगल सवारी साधन । दुई वर्ष अघि पनि प्रहरीले नक्कली वाइक प्रयोग गरिरहेकाे घटना ढाकछोप भएको थियो ।
सल्लि युनिटमा कार्यरत प्रहरीले चाेरिकाे वाइक प्रयोग गरेको भन्दै जिल्ला तानिएको थियो । त्यसको ठ्याक्कै दुई वर्ष पछि फेरि त्यस्तै घटना दाेहरिएको छ । सल्लि युनिटमा कार्यारत दुई ट्राफिकले चोरीको वाइक प्रयोग गरे पछि जिल्लामा तानियो । तर ती वाइक भने हाल नम्बर प्लेट परिवर्तन गरि पुनः प्रहरी युनिटहरुलाई प्रयोग गर्ने दिएको छ ।
चाेरीका दुईवटा माेटरसाइकललाइ नक्कली सरकारी नम्बर प्लेट बनाएर प्रहरीले नै चलाएकाे खुलेकाे छ । चेकजाँच गर्नेक्रममा सल्यानको सल्लिबजारबाट नियन्त्रणमा लिएका २ वटा कागजात बिहिन चोरीका मोटरसाइकललाई सल्यान प्रहरीले नक्कली सरकारी नम्बर प्लेट हालेर प्रयोग गरिरहेको छ ।
अनौठो कुरा के छ भने चेकजाँचको क्रममा नियन्त्रणमा लिइका उक्त मोटरसाइकल पहिला ट्राफिक प्रहरीले चलाउने गर्छन् । सल्लिबाजारमा कार्यारत ट्राफिक प्रहरी जवान प्रताप कुमाइ र गणेश आचार्यलाई जिल्ला प्रहरी कार्यालय सल्यानले विभाग्य कारबाही सहित अन्त सरुवा गरि आफ्नो नियन्त्रणमा लियो ।
उक्त मोटरसाइकल अहिले जिल्ला प्रहरी कार्यालय सल्यानले नक्कली सरकारी नम्बर प्लेट राखेर आफुले प्रयोग गरिरहेको छ । भे ७ प ४७१० न को मोटरसाइकल लाई बा २ ब ११७४ नम्बरको सरकारी प्लेट हालेर बालुवासंग्रही प्रहरी चौकीले प्रयोग गर्दै आएको छ ।भे ७ प ४७१० नम्बरको यो मोटरसाइकल यातायात विभागमा रोषण सिंह ठकुरीको नाम रहेको छ ।
यसैलाई प्रहरीले नक्कली सरकारी नम्बर प्लेट बनाएको बा २ ब ११७४ नम्बरको मोटरसाइकल पनि यातायात विभागमा अर्कैको नाममा छ । उक्त मोटरसाइकल अहिले जिल्ला प्रहरी कार्यालय सल्यानले नक्कली सरकारी नम्बर प्लेट राखेर आफुले प्रयोग गरिरहेको छ । उक्त मोटरसाइकल अहिले जिल्ला प्रहरी कार्यालय सल्यानले नक्कली सरकारी नम्बर प्लेट राखेर आफुले प्रयोग गरिरहेको छ ।
भे ७ प ४७१० न. को मोटरसाइकल लाई बा २ ब ११७४ नम्बरको सरकारी प्लेट हालेर बालुवासंग्रही प्रहरी चौकीले प्रयोग गर्दै आएको छ । त्यसो त चोरीका तथा कागजात बिहिन मोटरसाइकल सम्बन्धित व्यक्तीलाई खोजेर बुझाउने वा सम्बन्धित व्यक्ति नभेटिएमा भन्सार कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।
तर नियमनकारी निकाय जिल्ला प्रहरी कार्यालय सल्यानले नै गैरजिम्मेवार तथा कानुनको खिल्ली उडाउदै कागजबिहिन मोटरसाइकलमा सरकारी नम्बर प्लेट राख्नु राम्रो होइन । आफुसँग भएको सरकारी नम्बर प्लेटका मोटरसाइकल बिग्रीएकोले त्यहि नम्बर प्लेट चोरीका मोटरसाइकलमा राखेर चलाइएको उनले बताए ।
विभिन्न जिल्लाका प्रहरी युनिटमा पत्र पठाइएको छ । सम्बन्धित व्यक्ति लिन नआएमा तत्काल भन्सार कार्यालयमा उक्त मोटरसाइकल पठाउने उनले बताए । यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले बताए ।
प्रहरी युनिटहरुमा प्रयाप्त मोटरसाइकल नहुँदा प्रहरी कुनै घटनामा छिटो छरितो जानुपर्ने भएकोले त्यसो गरिएको स्वीकार गरेका छन् ।