सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तार हुँन अझै चार दिन लागेने भएको छ । कार्तिक १५ गते पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पदबाट राजीनामा दिए थिए ।
नयाँ मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका थिए । गत कार्तिक १६ गते मंगलबार नयाँ मुख्यमन्त्री जीवनबहादुर शाही बनेसँगै नेपाली कांग्रेसले सरकारको नेतृत्व लिए पनि तत्काल मन्त्रीपरिषद् विस्तार नगर्ने बताएका छन् ।
यहि कार्तिक २० गते तिहारको बिदा परेको र तिहारमा सांसदहरु घर जानु पर्ने भएकाले कर्णालीको मन्त्रिपरिषद् विस्तार तिहार पछि मात्रै हुने भएको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिमबहादुर शाहीले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदारहरूबीच विषेश रूपमा छलफल गर्नुपर्ने र त्यसै समयमा तिहार परेको हुँदा मन्त्रीपरिषद् विस्तार तिहार अघि हुन नसक्ने । विस्तार हुन अझै चार दिन लाग्न सक्ने नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक शाहीले बताए ।
सचेतक शाहीले भने ‘आज म पनि तिहारमा दिदीलाई टिका लागाउँन गृह जिल्ला दैलेखको चामुण्डा बिन्द्रासैनी जाँदै छु । म तिहार पछि फर्किन्छु । अनि सबै दलका नेताहरु बसेर कुन पार्टी कति मन्त्रालय पाउने, कुन मन्त्रालय पाँउने भन्ने बारेमा छलफल हुन्छ ।’
कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेपाली कांग्रेस गठबन्धन बनेर गत बैषाख देखि कर्णाली सरकार चलाउँदै आएका छन् । साथै कुन दलबाट कस्लाई मन्त्रीमा लैजाने र कुन मन्त्रालय दिने भन्ने विषयमा हालसम्म कुनैपनि निर्णय नभएको बताए ।
कर्णाली प्रदेशमा आठवटा मन्त्रालय रहेका छन् । गत बैशाख ३ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाइसकेपछि सात मन्त्रालय रहेको कर्णाली प्रदेशमा भैतिक तथा पुर्वाधार मन्त्रालय फुटाएर उर्जा तथा जल स्रोत मन्त्रालय बनाए पछि मन्त्रालयको संख्या आठ पुगेको हो । कर्णालीमा आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार हुनेछ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८ १४:५८