सुर्खेत । जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पाईने भएका छन् । वीरेन्द्रनगर नगरको चाईना पुल नजिक हिमालय बैंक बसेको घरमा जोङसेन ब्रान्डका मोटरसाइकलको सोरूमको बिहिबार उद्धघाटन गरिएको छ ।
उक्त ‘कर्णाली मोटर हब’ सोरूमको समउद्धघाटन सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले गरेका हुन् । भने सञ्चालक राजन विष्ट रहेका छन् ।
सबैभन्दा पहिला नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपालका लागि आधिकारिक वितरणको रुपमा रिजोन मोटर्स बिजनेस प्रा.लिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको थियो । त्यस पछिको दास्रो डिलरको रुपमा वीरेन्द्रगरमा बिहिबार देखी सञ्चालनमा आएको हो ।
जसमा आरएक्स–३ र जेड–वान गरी दुई मोटरसाइकल तथा जेडटी ६ स्कुटर उपलब्ध रहेका छन् । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमश ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो ।
यसमा २४९.६ सिसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड गियरबक्स जडान गरिएको छ । एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ ।
८२० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिव १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स निस्शुल्क उपलब्ध हुन्छ । यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्ट समेत छ ।
२१० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेक जस्ता विशेषता उपलब्ध छन जेड–वान स्ट्रिट बाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा १८० सिसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ।
जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड ११० किलोमिटर प्रतिघण्टा छ । यसमा ७६० एमएमको सिट हाइट छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।
जेडटी ६ स्कुटरमा १२५ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६।८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटरजस्ता विशेषता छन ।
दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेन समेत पर्छ । विगत ३० वर्ष देखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा मोटरसाइकल बिक्री–वितरण गरिरहेको छ ।
जोङसेनले प्रयोग गर्ने विभिन्न पाट्र्सका लागि हार्ले र पियाजियोसाग सहकार्य गरेको छ । जोङसेन अन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन । ७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिने समेत रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए ।
जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा खुलेको हो । भने तिहार पछि विर्तामोड, धरान, दमक र पोखरा लगायतका शहरमा खुल्ने कम्पनीको भनाइ छ ।