एजेन्सी: टमारटर तरकारीहरुमा प्रयोग गर्ने गरिन्छ । हामी प्रायः टमाटरलाई तरकारीमा प्रयोग गरेर खाने गर्छौं । सायद धेरैलाई यो केवल स्वादका लागि मात्र प्रयोग गरिन्छ भन्ने लाग्छ होला तर यसका अन्य धेरै फाइदाहरु पनि छन् ।
टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ । टमारटर खान्नुका फाइदाहरु:
पाचन शक्ति बलियो
टमाटरले पाचन शक्तिलाई सक्रिय बनाउँछ, साथै लिभरलाइ पनि क्रियासिल बनाउछ। टमाटर ले कब्जियतबाट पनि मुक्त्र बनाउछ, यदि तपाइँ कुनै दिन मसलावाला खान धेरै खानु भयो भने अन्तिममा हल्का टमाटर खाने गर्नुहोस
मुटुको रोगीलाई
टमाटरमा पाउने भीटामिन ब्,भीटामिन द्य र पोटेशियमले रगतमा कोलेस्ट्रोल को मात्रा कम गर्दछ । टमाटरको दैनिक सेबनले मुटु सम्बन्धि रोगहरु बाट पनि बचाउन सहयोग गर्दछ
विभिन्न रोगबाट छुट्कारा
बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।
वजन घटाउनु
मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।
बच्चाको मानसिक तथा शारीरिक विकाश
यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुन सक्छ । त्यस्तै बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।
गर्भावस्थामा टमाटरको सेवन
मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ । गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदा हुन्छ ।
अनुहारमा फाइदा
काँचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ। र, टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
क्यान्सरको सेललाई बढ्न दिदैन
विभिन्न अध्ययनका अनुसार टमाटरमा ल्याकोपेन नामक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले शरीरमा क्यानसरको मात्रा लाई नियन्त्रण गर्न, विशेष गरेर फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर, मद्दत गर्छ ।
हड्डी बलियो
टमाटरमा पाउने विटामिन प् र कैल्शियमले हाम्रो सरिरको हडिलाई मजबुद बनाउने काम गर्दछ
तेसैले जति धेरै टमाटर खायो त्यति नै धेरै फाइदा हुन्छ।