एजेन्सी: लसुनले खानाको स्वाद बढाउने गर्छ । लसुन बिनाको खानाको स्वाद फिक्का लाग्ने धेरैले बताउँछन् । तर लसुनले खानाको स्वाद बढाउनुका साथै हाम्रो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । खाली पेटमा लसुनको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।
लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।
साथै हाम्रो शरीरलाई कयौँ बिमारीहरुबाट पनि बचाई राख्न मद्धत गर्दछ। यसलाई तरकारीमा हालेर खाँदा त फाइदा छँदै छ तर काँचो नै चपाएर खाँदा हाम्रो शरीरमा दश गुणा बढी फाइदा मिल्छ। लसुनले रुघाखोकी देखि लिएर मुटुसम्बन्धी रोगहरुबाट बचाउन मद्धत गर्छ।
यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:
लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भगाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ ।
चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ । दिनहु एक पोटी लसुन खानासंगै खानाले वायु विकार हटाउनमा पनि उत्तिकै मद्धत गर्छ ।