सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ मा टेस्लाको नयाँ डिलर खुलेको छ । इलेक्ट्रोनिक्स बजारमा टेस्ला एयर कन्डिसनर (फिलर) को नयाँ शाखा वीरेन्द्रनगरमा खुलेको हो ।
उक्त डिलरको उद्धघाटन बिहिबार वरिष्ठ कलाकार प्रेमदेव गिरीले गरेका हुन् । ‘सौरभ ईलेक्ट्रिक एण्ड सप्लायर्स’ नामक टेस्लाको डिलरका सञ्चालक सौरभ गिरी रहेका छन् ।
सञ्चालक सौरभका अनुसार उक्त टेस्ला एयर कन्डिसनरको डिलर वीरेन्द्रनगरमा पहिलो पटक सञ्चालनमा ल्याएको बताए । उनले ‘यस कम्पनीको सबै प्रकारका सामानहरु नेपालीहरूको रोजाईमा पर्न सफल भएका छन्, हाल हामी सँग वासिंङ्ग मेसिन, फ्रिज र एसीका सामानहरू उपलब्ध रहेका छन् । भने करिब ५० लाखको लगानी रहेको छ ।’
कर्णाली प्रदेशका १० वटै जिल्लालाई मध्यनजर गँदै डिलरले सेवा दिने र सेवा लिन आउँनेहरूको लागि पनि विशेष छुटको व्यावस्था रहेको बताईएको छ । भने बिग्रेको सामानहरूको मर्मत पनि हुँने छन् । साथै टेस्लाका सामानहरुमा प्रख्यात नेपाली सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भूनाथ स्तुपाका चित्र कोरिएको छ, जसले टेस्ला नेपाली ब्राण्ड हो भन्ने सन्देश प्रवाह गर्न सहयोग पुग्ने तथा सम्पदा अंकित एसीले घर वा अफिसको भित्तामा नेपालीपनको गौरवलाई समेत बढाउने यसका विशेषता रहेको छ ।
ऊर्जामैत्री उत्पदनः
यसमा ऊर्जा खपतको अनुपात ३ः५३ रहेको छ । जसले यो एसी उर्जामैत्री छ भन्ने देखाउँछ। ऊर्जामैत्री भएका कारण बिजुलीको खपत कम भई खर्च कम हुने बताइएको छ।
टर्बी मोडलः
यसमा पुराना मोडलका एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ केही समय कुर्नुपर्ने समस्या हुने छैन । यसको टर्बी मोडलमा निर्माण गरिएकोले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक पार्ने छ ।
कोठाको तापक्रमअनुसार स्वचालितः
एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफैं पत्ता लगाउँछ । यसपछि यो एसीले कोठाको परिबर्तित तापक्रमअनुसार आफै काम गर्न थाल्छ । तामाको तारको प्रयोग तुलनामा रूपमा महङ्गो भएपनि दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प रहेको बताइएको छ । साथै टेस्ला सम्बन्धि सामानहरु चाहिएमा ९८५८०६९४७५मा सम्पर्क गर्न सकिने छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८ १२:४२