काठमाडौ । विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । गएको चौबिस घण्टामा एक लाख नयाँ संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या ५० लाख ९० हजार पुगेको हो । यसमध्ये ३ लाख २९ हजारको मृत्यु भएको छ भने २० लाख मानिस उपचारपछि घर फर्किएका छन ।
सबैभन्दा धेरे अमेरिकामा झण्डै १६ लाख मानिस संक्रमित छन भने झण्डै ९५ हजारको मृत्यु भएको छ । यस्तै रुसमा ३ लाख मानिस संक्रमित हुँदा झण्डै तीन हजारको कोरोनाले मृत्यु भएको छ । ब्राजिलमा २ लाख ९३ हजार संक्रमित हुँदा १८ हजारको ज्यान गएको छ । यस्तै स्पेनमा २ लाख ८० हजार संक्रमित छन भने २७ हजारको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ४८ हजार संक्रमित हुँदा ३५ हजारको मृत्यु भएको छ । इटालीमा २ लाख २७ हजार संक्रमित रहदा ३२ हजारको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८१ हजार संक्रमित छन । २८ हजारको मृत्यु भएको छ । जर्मनीमा १ लाख ७८ हजार संक्रमित छन । ८ हजारको मृत्यु भएको छ।
टर्कीमा १ लाख ५२ हजार संक्रमित छन । ४ हजार बढीको मृत्यु भएको छ । भारतमा १ लाख १२ हजार संक्रमित छन । ३ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै निको हुनेको संख्या पनि बढ्दो क्रममा छ । अहिलेसम्म २० लाख २४ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन । सबैभन्दा धेरै अमेरिकामा ३ लाख ७० हजार मानिस निको भएर घर फर्किएका छन ।
यस्तै रुसमा ८५ हजार, ब्राजिलमा १ लाख १६ हजार, स्पेनमा १ लाख ९६ हजार, इटालीमा १ लाख ३२ हजार, फ्रान्समा ६३ हजार, जर्मनीमा १ लाख ५६ हजार, टर्कीमा १ लाख १३ हजार, इरानमा ९८ हजार संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन ।
नेपालमा अहिलेसम्म ४ सय ४४ जना संक्रमित हुँदा ४५ जना निको भएर घर फर्किएका छन । दुई जनाको भने ज्यानै गएको छ ।