सिमकोट: हुम्लाका बौद्ध धर्मालम्बी लामा समुदायका युवाहरु हिन्दुले बिशेष चाडका रुपमा मनाउने तिहारको टिका लगाउने कार्यमा आर्कर्षित हुँदै आएका छन् ।
धार्मिक सहीसुर्णता कायम राख्न र पछिल्लो पुस्ताका लामा समुदायका युवायुवतीमा तिहारमा दाजुभाईलाई लगाइने टिका प्रति बिशेष रुचि भएकै कारण यो संभव भएको हो ।
नेपाली काँग्रेस हुम्लाको ख नम्बर क्षेत्रका क्षेत्रीय सभापति समेत रहेका नाम्खा गाउँपालिकाका तकदिर लामाले चार वर्षदेखि तिहारको टिका ठकुरी समुदायकी बहिनीसंग लगाउदै आएका छन् । बौद्ध धर्म मान्ने भएपनि तिहारमा बहिनीले टिका लगाउन गरेको आग्रह उनले सहजै स्वीकार गरेको बताए ।
हाल उनले दुई जना हिन्दु धर्म मान्ने बहिनीसंग तिहारको टिका लगाउदै आएका छन् । यसले फरक धर्मालम्बीका समुदायका युवायुवतीबिच मित्रता कायम गर्न र दाजु बहिनीको नाता कायम गर्न सहयोग पुर्याएको पाइन्छ ।
उनले यसरी हिन्दुहरुको महान चाड तिहारमा नाम्खा गाउँपालिकाका स्थायी बासिन्दा तर हाल सिमकोटमा बसोवास गर्दै आएको १२ जना युवाहरुले यसरी टिका लगाउदै आएको जानकारी दिए । मनले चाहे पछि धर्म सबै उस्तै र राम्रो काम अनुशरण गर्नु कुनै छेकवार नहुँने लामा समुदायका युवाको जिकिर छ ।
तिहार लामा समुदायले सहज रुपमा स्वीकार गरेपछि परिकार पकाउन पनि लामा समुदायका महिलालाई भ्याई नभ्याई हुने गरेको देखिन्छ । समिट एयर हुम्लाका स्टेसन इन्चार्ज गोबिन्द लामाले पछिल्लो समय नेपालीहरुको महान चाड तिहारको टिका प्रति लामा समुदायका युवाहरुको आर्कषण बढ्दै गएको बताए ।
पहिला पहिला कुनै पनि लामा समुदायका युवाहरुले यसरी टिका लगाउने चलन थिएन । पछिल्लो समय सिमकोटमा बसोवास बढ्दै जानु र दुई समयका स्थानीयबिच सम्बन्ध प्रगाढ बढ्दै गएपछि तिहारको किटा लगाउनु कुनै आनाकानी नभएको उनले बताए ।
उनले पनि क्षेती समुदायकी बेहिनीसंग टिका लगाउदै आएका छन् । हुम्लाकी पत्रकार छपाल लामाले पछिल्ला वर्षहरुमा लामा समुदायका युवायुवतीहरु तिहारको टिकाप्रति आर्कषित हुँदै गएको बताए । यो साना बालबालिका देखि पैतालीस वर्षका युवा युवतीले टिका लगाउने कार्य गर्दै आउनु भएको छ ।
उनले लामाकी केटीले क्षेत्रीका केटा र क्षेत्रीकी केटीले लामाका केटालाई टिका लगाएर दाईभाई र दिदी बहिनीको नाता नयाँ किसिमले कामय गराउन तिहार सफल भएको बताइन । यसरी टिका लगाएको नाता जोडिएपछि लामा र क्षेत्री थरका दाई भाईले आफ्नो गच्छे अनुसारको दिदी बहिनीलाई दक्षिणा र उपहार पनि राम्रै दिने गरिन्छ ।
उनले यसले दुई फरक समुदायका युवायुवतीबिच नयाँ सम्बन्ध कायम भएको बताए । टिका लगाएपछि लामा समुदायका केटा मान्छे बहिनीले लगाएको ढाँका टोपी र सप्तरंगी टिकाले सजिएको निधारको दृश्य रमाईलो देखिने गरिन्छ ।
यो चाँडले गर्दा एकले अर्काको संस्कार र चलनलाई पनि सहजै स्वीकार गर्ने बाताबरण पनि तयार बनाएको छ ।