सल्यान : सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी ९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। ना १ ख २५५२ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको छ।
‘घटनास्थलमै पाँच जनाको मृत्यु भएको छ,’ डिएसपी थापाले भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप तिन बालबालिकाको र जिल्ला अस्पतालमा एक जनाको पनि मृत्यु भएको खबर छ।’ थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।
घाइतेहरूको तुल्सीपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ ।
गम्भिर ङाइतेहरूलाइ हेलिकोप्टरबाट उपचारका लागी बाहिर पठाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताइन् ।
घाइते मध्ये शान्नी त्रिवेणी नगरपालिका–२ की २६ वर्षिय शिजन खान, २ का ४९ वर्षिय टोपेन्द्र वली, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, तुल्सीपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुल्सीपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुल्सीपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिराकुमारी बोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ । उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।