सिमकोट: नेकपा माओवादी निकट एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा राजन रावत ( प्रखर ) निर्बिरोध निर्बाचित भएका छन् ।
बुधबारबाट सुरु भएको दोस्रो जिल्ला अधिबेशनबाट रावतको टिम चयन भएको हो । अधिबेशनले अध्यक्षमा रावत, बरिष्ठ उपाध्यक्षमा महेश बोगटी, उपाध्यक्षमा प्रेम बहादुर महतारा, महिला उपाध्यक्ष गुर्मु लामा, दलित उपाध्यक्ष मनबिर सुनार, सचिवमा रुप बहादुर रोकाया, अर्थ सचिबमा हर्क बोहरा, सहसचिवमा दलु बुढा र बाँच बहादुर बिक सचिवालय सदस्यमा चयन गरेको संगठनले जनाएको छ ।
त्यसैगरि सदस्यमा छिरिङ पाल्देन लामा, डोकराज शाही, सुर्यमणि बोहरा, यज्ञ बहादुर शाही, पेमादण्डुल लामा, सुरेन्द्र शाही, नैनराज उपाध्याय, धिरेन्द्र बहादुर शाही, मनरिषी जैसी, गंगादत्त जैसी, गगन रोकाया, धनरुप ढुवार, काली बहादुर शाही, दलपति खड्का, कल बहादुर ऐडी, अखिल बहादुर कार्की, कपिल बहादुर शाही, गणेश फडेरा, पर बहादुर थापा, पेमा छेराप लामा र प्रेम बहादुर बुढा चयन भएका छन् ।
त्यसैगरि अधिबेशनले संगठनको प्रदेश परिषदका पार्षद पनि चयन गरेको जनाएको छ । परिषद पार्षदमा जिल्ला समन्वय समितिका पदाधिकारी र गाउँपालिकाका अध्यक्ष रहने ब्यबस्था रहेको छ ।