जुम्ला: जुम्लाको गुठीचौर गाँउपालिकामा जिल्लास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता विहिबारदेखि शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र गुठीचौर गाउँपालिकाको सहआयोजनामा महिला पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको हो । यहाँको एकमात्रै चन्दननाथ नगरपालिकाले खेलाडी नै प्रतियोगितामा सहभागी नगराएको जिल्ला खेलकुद बिकास समितीले गुनासो गरेको छ ।
नगरपालिकाको आडमा जिल्ला खेलकुद विकास समिति छ । जिल्लामा अहिले कर्णाली प्रदेश सरकार अन्तरगतका पदाधिकार छन् । संघीय सरकार अन्र्तगतका प्रशिक्षक पनि छन् तर पनि प्रतियोगितामा चन्दननाथकै खेलाडीले भाग लिन नपाउनु दुखत पक्ष हो । यो सरासर नगरपालिकाको गैरजिम्मेवारको पराकाष्ट पनी हो ।
चन्दननाथ नगरपालिका भलिवल खेलाडी लक्ष्मी रावलले भन्छन नगरपालिका भित्र खेलाडी हुँदा हुँदै पनि प्रतियोगितामा सहभागी हुन नपाउदा म दुखीत भएको छु। उनले भने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवार भएका कारण हाम्रा खेलडीले घर अंगामै भएको प्रतियोगितामा भाग लिन नपाएका हुन ।
उनले भने यहाँका जनप्रतिनिधि र कर्मचारीले खेडालीको कुरा सुनेनन् । हामीले चासा राख्दा पनी वेवास्ता गरे ।
चन्दननाथ नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईका अनुसार यो प्रतियोगिताको विषयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफलको विषय बनाएको हुँ । तर उनीहरुले नै निर्णय नदिएपछि खेलाडी सहभागी गराउन सकिएन ।
उनले राष्ट्रपती रनिसिलको लागी भनेर एक लाख शिक्षाशाखामा बजेट आएको छ । त्यो भलिबलमा खर्च गर्न पाइदैन । नगरपालिकाले बजेट छैन भने पछि सहभागी गराउन नसकिएको हो। यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले खेलाडी प्रतियोगितामा पठाउने नपठाउने जिम्मेवारी शिक्षा तथा खेलकुद शाखाकै हो ।
उनले भने आफ्नो जिम्मेवारी अनुसार शाखाले काम गर्नु पर्दछ । खेलकुदबाट खेलाडी सहभागीको लागी बजेट आएको थियो । उनले भने कसरी खर्च ब्यवस्थान र खेडाली छनोटमा समस्या आएको छ । उनले नगरपालिकाका खेलाडी सभागी जिल्ला स्तरीयप्रतियोगितामा सहभागी नहुनुमा नगरपालिका खेलप्रति निस्कृय रहेको स्वकारे ।
यस्तै सिँजा गाउँपालिकाले पनी खेलाडी नै सहभागी गराएन । सिजा गाउँपालिका शिक्षा तथा खेलकुख शाखाका प्रमुख भिमबहादुर बुढाले प्रनियोगिताको विषयमा जानकारी नभएको बताए । जिल्ला भरका स्थानीय तहले जानकारी पाए र खेलाडी सहभागी गराए । तर सिंजा गाउँपालिकालाई भने प्रतियोगिताको विषयमा जानकारी नै नभएको प्रमुख बुढाले भने ।
जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले गरेका थिए । उनले जिल्लास्तरीय भलिबल प्रतियोगिताको सानदार सफलताको शुभकामना व्यक्त गरे ।
पुर्वमन्त्री भण्डारीले प्रतिभा प्रदर्शन गर्ने खेलाडी र प्रदर्शित प्रतिभा हेर्ने दर्शक सबैले अनुशासित मर्यादित हुनु पर्नेमा जोड दिए ।
उनले भने,‘जुम्ला आफै खेलकुदको क्षेत्रमा उर्वर छ । अन्तराष्ट्रिय स्तरका खेलाडी जन्माउन सफल भएको छ । मुलुकको शीर उचो राख्न सक्ने खेलाडी जुम्ला संग छ । त्यसैले अब जुम्लालाई हरेक क्षेत्रमा गर्व गर्न लायक भुमि बनाउन जरुरी छ ।
व्यवसायीक खेलाडीका लागि आवशिय व्यवस्था गर्नको लागि प्रदेश सरकारसंग पहल गर्ने उनले बताए । उनले भने प्रतिभावान खेलाडीका लागि आवास सहितको व्यवस्थापनका गर्न सकेको खण्डमा पाँच बर्षमा मुलुकको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने अवस्था रहन्छ।
उनले खेल पुर्वाधार र खेलाडी प्रोत्साहनका कार्यक्रम ल्याउन स्थानीयतहलाई आग्रह गरे । शारीरिक सुगठन र स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएकोमा जोड दिए । उनले भने खेलाडी राष्ट्र परिवर्तनका आधार स्तम्भ हुन ।खेलाडीले अनुशासित पुर्वक खेल खेल्नुपर्छ ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगिता आचार्यले खेल अवधिभर विना विवाद खेल प्रदर्शन गर्न आग्रह गरेकी छिन । उनले समयमै जानकारी गराउँदै खेलाडी सहभागि नगराएको प्रति चन्दननाथ नगरपालिका र सिँजा गाउँपालिका प्रति दुख व्यक्त गरिन । खेल तीन दिन सम्म सञ्चालन हुने छ ।
उद्घाटन कार्यक्रममा खेलाडीले मार्चपास गरेका थिए । जिल्ला स्तरको प्रतियोगिताबाट प्रदेश स्तरको भलिवल प्रतियोगिताका लागि खेलाडी छनोट पनि गरिने आयोजकले जनाएको छ । ’प्रतियोगितामा ६ स्थानीय तहका खेलाडीले भाग लिएका छन् ।
पहिलो खेल तातोपानी गाउँपालिका र पातारासी गाउपालिका बिच भएको थियो । जसमा पातारासी गाउँपालिकाको पुरुष भलिबल टिमले जितेको छ । त्यस्तै आजै भएको आर्को खेल हिमा र गुठीचौर गाउपालिका बिच भएको थियो । जसमा गुठीचौर गाउँपालिकाको टिमको जित भएको छ ।