कैलाली, ९ जेठ । धनगढीबाट एक व्यक्ति दुई कारसहित पक्राउ परेका छन ।
लकडाउनको समयमा चोरी गर्ने १६ वर्षीय नविन सार्कीलाई प्रहरीले कार, मोबाइल तथा नगद सहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार कैलाली धनगढी उपमहानगरपालिका १ बस्ने उनलाई बा. ८ . २१०० र बा. १४ च. ४७८१ नम्बरका कार, कारबाट १२ हजार ४ सय ७० रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको हो।
जेठ २ गते राति उपमहानगरपालिका. ४ उतरबेहडी बस्ने राजेन्द्र बहादुर मल्लको घर अगाडि सडकमा पार्किङ गरिराखेको बा.८ च.२१०० नम्बरको कार चोरी भएको थियो।
त्यस्तै, जेठ ७ गते बुधबार डेरामा बस्ने रवीन्द्र देव भट्टले घरको आँगनमा राखेको होन्डाई कम्पनीको बा.१४ च. ४७८१ नम्बरको गाडी समेत चोरी भएको थियो।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।
अनुसन्धानकै क्रममा प्रहरीले उनीविरूद्ध थुप्रै चोरीका मुद्दा दर्ता रहेको बताएको छ।
गत वर्ष उनले काठमाडौंबाट बा ७१ प ७६३८ नम्बरको गाडी र मोटरसाइकल चोरी गरी फरार भएका थिए।
मोटरसाइकल र कार चोरी भएको भन्दै रमन रेग्मीले गत वर्ष वैशाख २६ गते महानगरीय प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए।
त्यसैगरी गत वर्ष साउन ४ गते दाङ तुल्सीपुर उपमहानगरपालिका(५ बसपार्कस्थित जिवेशनाथ योगीले उनीविरूद्ध पार्किङमा राखेको रा ३ प ९३४९ नम्बरको मोटरसाइकल चोरी भएको जाहेरी दिएका थिए।
त्यस्तै, गत वर्ष भदौ १३ गते घरमा पार्किङ गरी राखेको लु १ च २६०३ नम्बरको कार पनि सार्कीले नै गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सार्कीले थुप्रै सवारीसाधन चोरेको हुनसक्ने हुँदा आफ्ना सवारीसाधन पनि हराएको वा चोरी भएको थियो भने कार्यालयले सम्पर्क राख्न समेत अनुरोध गरेको छ।