सल्यान: सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ मा रहेको कुपिण्डेदह वचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २३ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
२३ औं वर्ष प्रवेश गर्दै गर्दा संस्थाका सेर सदस्यीय ११ सय नाघेको छ ।उक्त सहकारीले आफ्नोबार्षिक साधारण सभामा सकारात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले आइएमई सञ्चालन समेत गरेको छ । नियमित वचत,ऎच्छिक वचत,बाल वचत हाल कृयाकलाप सञ्चालन गरिरहेकाे छ ।
उक्त सहकारीले हाल दुर दराजमा रहेर रेमिट्यान्सकाे काम गरेको छ ।विदेश तथा बाहिर क्षेत्रबाट पठाएको रकम झिक्न सदरमुकाम खलंगा जानुपर्ने वाध्यता टरेकाे छ । याे वर्ष देखि सहकारीले आइएमइ सञ्चालन गरे पछि स्थानीय निकै खुसि भएका छन् ।
संस्थाले एक घर धेरै सदस्यकाे उद्देश्य लिएको छ । सल्यानकाे दुरदराजमा रहेर वचत संस्थाले ॠण लगानी,कृषि,कम आय आर्जन भएका समुह सदस्य,सेर सदस्यहरुलाई कम ब्याजमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै आएको छ । २३ औं वार्शिक साधारण सभाका प्रमुख अतिथि प्रतिनिधि सभाका संसद टेकबहादुर वस्नेतले शुभकामना मन्तव्य राख्दै,सहकारीहरु अब गाउँ गाउँमा आएआर्जनको भकारी बन्नु पर्ने धारणा राखे।
साथै सडक विस्तार,टेलिफोन टावर र विद्युतिकरणमा विशेष जाेडदिने संसद वस्नेतकाे भनाइ रहेको थियोे । सहकारी भनेको सहकार्य हाे यसले स-साना कामबाट सुरुवात गर्नुपर्ने र संस्थाको उन्नति देखेर वस्नेतले खुसि व्यक्त गरे ।
समाजवादकाे आधार नै सहकारी हाे।उत्पादनमूलक क्षेत्रमा सहकारी लाग्नु पर्ने धारणा राखेका थिए।साधारण सभामा नगर उप प्रमुख मञ्जु यरिले गरिबी उन्मुलन गर्न याे सहकारी काेसे ढुंगा वन्नेछ भन्ने धारण राखेकि थिइन ।
कार्यवाहक वडा अध्यक्ष रुद्रवहादुर विक,८ नं वडा अध्यक्ष कुलवहादुर पुरी,सहकारीका लेखा संयोजक हरिहर कवर,लेखा सह्याक शिशिर थापाले प्रस्तुत गरेकाे प्रतीवेदनमा ४ कराेड ११ लाख आम्दानी,ॠण लगानी ३ करोड ७३ लाख र मासिक वचत रकम ३ करोड ५७ लाख,सेर रकम २३ लाख १९ हजार ९ सय रहेको जनाएको छ ।
अन्य विभिन्न संस्थाका प्रतिनिधिले सहकारीकाे साधारण सभाकाे शुभकामना मन्तव्य राखेका थिए ।कुपिण्डेदह वचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष दिपक यरिकाे सभा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिक्रम वाेहराले गरेका थिए ।
त्यहाँका नागरिककाे सारथिकाे रुपमा उक्त सहकारी अघि सरेको छ । कुपिण्डेदह बचत तथा ऋण सहकारी संस्थाकाे जयतपानिमा शनिबार भएको २३ औं वार्षिक साधारणसभा उद्घाटन समारोहका वक्ताहरुले सहकारीकाे शुभकामना दिदै उक्त सहकारीकाे प्रगति प्रतीको प्रगति प्रति खुसि व्यक्त गरेका थिए ।