सिमकोट: तिहारमा देउसी भैलो खेलेको पैसाबाट विद्यार्थीद्धारा विद्यालय सामाग्री र अपांगता भएको बिधार्थी न्यानोका सामाग्री सहयोग गरिएको छ ।
विद्यालयमा आबश्यक पर्ने सामाग्री र न्यून आयश्रोत भएका विद्यार्थी चिसोबाट बच्ने कपडा सहयोग गरिएको हो । बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा दशमा अध्ययनरत छात्रा पुजा चन्दले देउसी भैलो खेलेको पैसाबाट विद्यालयलाई आबश्यक पर्ने सामाग्री सहयोग गरिएको बताइन ।
उनले विद्यालयलाई पनि आबश्यक र अब विद्यालयमा पढाईको पनि अन्तिम चरणमा रहेकोले सम्झना स्वरुप ती सामाग्री सहयोग गरिएको जानकारी दिएकी छन् । टोलीका संयोजक सम्राट परियारले देउसी भैलो खेलेको पैसालाई रमाइलो गरि सकाउनु भन्दा पनि विद्यालय र शिक्षक शिक्षिकालाई सहयोग पुगोस भन्नका लागि सामाग्री खरिद गरेर बितरण गरिएको बताए ।
उनले यो सहयोग नितान्त देउसी खेल्ने टोलीको ईच्छाले गरिएको जनाए । तिहारमा देउसीबाट उठेको पैसालाई रमाईलो र मनोरन्जन गर्ने परम्परालाई तोड्दै सो विद्यालयमा कक्षा दशका विद्यार्थीहरुले रचनात्मक कार्यमा लगानी गरेको छन् ।
विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले विद्यार्थीबाट प्राप्त सहयोगमा सबै कक्षाका लागि एक एक वटा डस्बिन र कुचो, हेड नेपालमा बस्दै आएका र सो विद्यालयमा अध्ययन गर्दै आएको २५ जना अपांगता भएका विद्यार्थीहरुलाई एक एक थान बाक्लो टोपी पन्जा, विद्यालयलाई एक थान भलिवल र नेट तथा विद्यालयका सबै शिक्षकलाई एक एक वडा बोर्ड मार्कर रहेको बताए ।
विद्यालयले विद्यार्थीहरुबाट प्राप्त सामाग्री पाए लगत्तै प्रयोगमा ल्याएको जनाएको छ । दैउसी भैलो खेलेर ६६ हजार विद्यार्थी रुपियाँ उठाएकोमा करिब बीस हजारको सामाग्री सहयोग र बाँकी पैसा पनि रचनात्मक कार्यमा खर्च गर्ने जनाएका छन् ।
यसअघि पत्रकार महासंघले पनि देउसी भैलो खेलेको पैसा आफ्नो जग्गा खरिद गर्ने जनाएको छ भने अर्को कर्णाली संस्कृति कला केन्द्रले पनि जग्गा खरिद गर्ने भएको छ । पछिल्लो समय दशै तिहारमा देउसी भैलो खेलेर उठेको पैसा रचनात्मक कार्यमा खर्च गर्ने क्रम बृद्धि भइरहेको छ ।