जुम्ला: जुम्लामा यहि २५ गते देखी सुरु भएको जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता सकिएको छ ।
महिला तर्फको उपाधी तातोपानी गाउँपालिकाको टिमले जितेको छ । उक्त प्रतियोगितामा महिला तर्फ बाट ४ वटा टीमको सहभागीता रहेको थियो । महिला तर्फबाट द्धितीय गुठिचौर गाउँपालिकाको टिम भएको छ । त्यस्तै पुरुष तर्फ पातारासी गाउपालिकाको टिमले जित हात पारेको छ ।
गुठिचौर गाउँपालिका को वडा नम्वर ५ त्रिभुवन माविमा झारज्वलामा जिल्ला स्तरीय तिनदिने भलिबल प्रतियोगिता संञ्चालन गरिएको थियो । पुरुष भलिबल तर्फका फाइनलमा पुगेका तिला गाउँपालिका र पातारासी गाउँपालिका बिचको खेलमा पातारासी गाउँपालिकाको टिम बिजयी भएको हो। जसमा तिला गाउँपालिका द्धितीय हुन सफल भएको छ ।
मुख्य मन्त्री कप हुने खेलमा छनोट गर्नको लागी जिल्लामा महिला र पुरुष भलिबल छनोट खेल भएको थियो । पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जित हासील गरे पनि मुख्य मन्त्री कप खेल्न जिल्लाका ६ वटै पालिकावाट खेलाडीहरु छनोट गरेर लिने जिल्ला खेलकुद बिकास समितिले जुम्लाले जनाएको छ ।
जिल्ला स्तरीय भलिबल प्रतियोगितामा सिंजा गाउँपालिका र चन्दननाथ नगरपालिकाले खेलाडी सहभागि गराउन सकेन । प्रतियोगितामा पूरुष तर्फ प्रथम स्थान हासील हुने महिला तथा पूरुष दुवै टिम नगद ५० हजार,मेलड प्रदान गरिएको थियो ।
महिला तर्फ द्धितिय दुवै टिमलाइ नगद ३५ हजार, सहित मेडल प्रदान गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले बताइन । यस्तै खेल अवधिभर सर्वाेउत्स्कृट खेल प्रदेशन गर्ने पुरुषतर्फ पातारासीका हर्क बुढा महिला तर्फ तातोपानी गाउँपालिकाका देवकी देवकोटालाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।
पुरुष तर्फ ६ वटा र महिला तर्फ ४ वटा टीमले भाग लिएका थिए । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गुठिचौर गाउँपालिकाको सहआयोजनामा जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता भएको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने नारा नारा सहित ३ दिने भलिबल प्रतियोगिताको आयोजना भएको थियो । जिल्ला स्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरीक तथा गृहमन्त्री नरेश भण्डारीले गरेका थिए ।
यस्तै कार्यक्रमका प्रमुख अथिति तथा गुठिचौर गाउँपालिका जुम्लाका अध्यक्ष हरिवहादुर भण्डारीले खेल अवधीभर खेल मर्यादित र सभ्य रुपमा सम्पन्न गराउन सहयोग गर्ने स्थानीय, राजनैतिक दल,युवा,सुरक्षाकर्मी सवैलाइ आभार ब्यक्त गरेका छन । खेलमा सबै खेलाडीले अनुशासीत भएर खेल प्रदशन गरेको छ ।
यता जिल्ला खेलकुद समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले ग्रामिण क्षेत्रमा खेलको क्षेत्र फाराकिलमे हुन नसकेको बताए । उनले आगामी दिनमा खेल क्षेत्रलाइ परिणाम मुखी बनाउनु पर्नेमा जोड दिए । उनले भने संघियताको अनुरुप खेलकुदमा गतिबिधि खेल वजार केन्द्रित नभएर गाउँ सम्म पुर्याउन आवश्यक रहेको छ ।
सदस्य सचिव संगिता आचार्यले स्थानीयहरुको सक्रियतामा खेल राम्रो संग सम्पन भएको बताइन । उनले मुख्यमन्त्री कपमा छनौट भएका खेलाडीहरुलाई एक महिनाको प्रशिक्षण गराउने बताइन । उनले अन्ये जिल्लाको तुलनामा जुम्लाको खेल जगतलाइ राज्यले उपेक्षा गरेको बताइन ।