सिमकोट: जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकामा ताला बन्दी गरिएको छ । बालबिकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीहरुले गाउँपालिकाले बृद्धि भएको तलब नदिएको भन्दै पालिकामा ताला बन्दी गरिएको छ ।
दुधकुण्ठ प्राबिकी सहजकर्ता रुप्सी छत्यालले गाउँपालिका बालबिकासका सहजकर्ता र कर्मचारीको तलब बृद्धिका लागि गम्भीर नदेखिएपछि सबै मिलेर आइतबार बेलुकाबाट अनिश्चितकालका लागि ताला बन्दी गरिएको बताए ।
यता सोहि प्राबि रोडिकोटका कार्यालय सहयोगी हाँस बहादुर छत्यालले गाउँपालिका बृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नु परेको जानकारी दिए ।
उनले जिल्लाका धेरै गाउँपालिकाले आन्तरिक श्रोतबाट ब्यबस्था हुने गरि गाउँपालिकाले बालबिकासका सहजकर्ता र विद्यालय कर्मचारीलाई तलबको व्यवस्था गरेको अबस्थामा सर्केगार्डले सो व्यवस्था गर्न नसकेको कारण दबाब दिन कठोर निर्णयमा पुग्नु परेको बताए ।
आइतबार बेलुका उनीहरु विद्यालयमा पठन पाठन सकाएर गाउँपालिकामा तालाबन्दी गर्न पुगेका थिए । उनीहरुले विद्यालयमा पठन पाठन बन्द गरेर सबै सहजकर्ता र कर्मचारी गाउँपालिका केन्द्र सर्केगार्डमा तालाबन्दी गर्न पुगेका छन् ।
उनले थोरै पारिश्रमिकबाट बालबिकास कक्षामा काम गर्दै आएको अबस्थामा सरकारले बजेट मार्फत साढे सात हजार दिने र बाँकी गाउँ पालिकाले ब्यबस्था गर्नुपर्ने निर्णयलाई सर्केगार्डले कार्यन्वयनमा नल्याएपछि बाध्य भएर तालाबन्दी जस्तो बिरोधको कार्यक्रममा उत्रिनु परेको जानकारी दिए ।
सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालयहरु रहेका छन् । यसमा चार वटा मावि र बाँकी २८ वटा प्राथमिक तथा आधारभुत बिद्यालय रहेका छन् । आधारभुत र प्राथमिक सबै विद्यालयमा बालविकासका कक्षाहरु सञ्चालन हुँदै आएका छन् ।
३२ जना विद्यालय कर्मचारी र बालविकासका गरि साठी जनाले आन्दोलन गरि रहनु भएको छ । यता गाउँपालिकाले अन्य कर्मचारीहरुले बजेट मार्फत पाएको दुई हजार रुपियाँ मात्र दिन सकिने जनाएको छ ।
आन्तरिक श्रोत नभएको भन्दै बालविकास र विद्यालय कर्मचारीको बृद्धि भएको तलब सुबिधा दिन नसकिने जनाएको छ । यसअघि सिमकोट र ताँजाकोट गाउँपालिकाले सबै बृद्धि भएको तलब उपलब्ध गराई सकेका छन् ।