काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख नाघेको छ । ३ लाख ४० हजार संक्रमितले ज्यान गुमाएका छन । सबैभन्दा धेरै अमेरिकामा १६ लाख ४५ हजार संक्रमित छन । ब्राजिलमा ३ लाख ३२ हजार, रुसमा ३ लाख २६ हजार र स्पेनमा २ लाख ८१ हजार संक्रमित पुगेका छन ।
यस्तै बेलायतमा २ लाख ५४ हजार, इटालीमा २ लाख ३२ हजार, फ्रान्समा १ लाख ८२ हजार, जर्मनीमा १ लाख ७९ हजार, टर्कीमा १ लाख ५४ हजार, इरानमा १ लाख ३१ हजार र भारतमा १ लाख २४ हजार संक्रमित पुगेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
कोरोनाले ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा छन । जहाँ अहिलेसम्म ९७ हजार ६ सय बढीले ज्यान गुमाएका छन । यस्तै ब्राजिलमा २१ हजार, रुसमा ३ हजार, स्पेनमा २८ हजार, बेलायतमा ३६ हजार, इटालीमा ३२ हजार, फ्रान्समा २८ हजार र जर्मनीमा ८ हजार बढीको मृत्यु भएको छ ।
यस्तै टर्कीमा ४ हजार, इरानमा ७ हजार, भारतमा ३ हजार, पेरुमा ३ हजार, चीनमा ४ हजार र क्यानडामा ६ हजारको मृत्यु भएको छ । विश्वमा अहिलेसम्म २१ लाख ५८ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन ।
नेपालमा भने अहिलेसम्म ५ सय ४८ जना संक्रमित हुँदा ७० जनालाई निको भएको छ भने तीन जनाको ज्यान गएको छ ।