सल्यान: नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभरी देखिएको छ ।
पेट्रोलियम पदार्थको मूलवृद्धिको विरुद्ध यक्त पार्टीले गरेको नेपाल बन्दले छाेटा तथा लामाे दुरीका गाडीहरु ठप्प छन् भने बजार, स्कुल, कलकारखाना लगाएका क्षेत्रहरु बन्द छन् । सल्यानका मुख्य बजारहरु पनि बन्द रहेका छन् ।
जिल्लाकाे प्रमुख व्यापारी केन्द्र श्रीनगर बजार बिहानैदेखि सुनसान छ । त्यस्तै खलंगा, थारमारे, लुहाम, कपुरकाेट, सल्लीबजार लगाएतका बजार क्षेत्रहरु पनि बिहानैदेखि सुनसान छन् । जिल्लाबाट छाेटाे तथा लामाे दुरीमा छुट्ने सार्वजनिक यातायातका सवारी साधनहरु पुर्ण रुपमा बन्द देखिएका छन् ।
केही निजी सवारी तथा माेटरसाइकलहरु भने फाटफुट रुपमा चलेकाे देखिन्छ । बन्दकाे अवधिमा अस्पताल, एम्बुलेन्स, शवबहान, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थका गाडी, प्रेसका सवारी, दमकल लगायत अतिआवश्यक सेवाहरु भने खुल्ने नेकपा सल्यानका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सविन पाेखरेलले बताए ।
बेलुकी ५ बजेसम्म रहने बताइएकाे छ । विप्लवले विज्ञप्तिमा जनताको जीवनसँग जोडिएका अतिआवश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गर्दै आएको छ र जनताले निरीहतापूर्बक पालना गर्नुपर्ने बाध्यता भएकाे बताएका छन् । उनले मृल्यवृद्धि सरकारी लुट भएकाे समेत बताएका छन् ।
कार्तिक १२ गतेदेखि १३३ रुपैयाँ मुल्य ताेकिएकाे पेट्राेलकाे आजदेखि १३६ तेकेपछि विप्लवले ४७ रुपैयाँमा किनेकाे पेट्रोल १३६ मा बेचेर कुन प्रयोजनमा लगानी गरिन्छ ? भनेर प्रश्न गरेका छन् । विप्लवले भनेका छन् बिज्ञहरूले मापन गरे अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफा सहित पेट्रोल रु. ७० मा बिक्रि गर्न सकिन्छ ।
दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ? सरकारले आजदेखि पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा ७५ रुपैयाँका हिसाबले मूल्य बृद्धि गरेकाे छ ।