जुम्लाः अविरल वर्षाका कारण बाढीले अबरुद्ध भएको त्रिवेणी–ताम्ती खण्डको सडक ट्रयाक खुलेको छ । कार्तिक पहिलो साता भएको अविरल बेमौसमी वर्षापछि आएको बाढीले सडकनै कटान गरेर पुर्ण अबरुद्ध बनेको थियो ।
उक्त सडक करिब २० किलोमिटर सडकमा क्षति भएको थियो । भने करिब ४ सय मिटर सडक बाढीले कटान समेत गरेको थियो । सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर बाढीले कटान गरेको ४ सय मिटर सडकको साइडबाट ट्रयाक खोल्ने काम सकेको हो ।
तिलाका स्थानीय प्रेम बस्नेतले भने सडक डिभिजन जुम्लाले त्रिवेणी ताम्ती सडक मर्मतको काम तिव्र गतिमा गरेको बताए ।उनले भने अबरुद्ध सडक खोलेपछि भेरीखोला क्षेत्रका नागरिकलाई केही सहज भएको छ ।
सडक डिभिजन जुम्लाका ईन्जिनियर सन्तोष भण्डारीले भने,“अबरुद्ध भएको २० किमी सडक मध्य बाढीले ४सय मिटर सडक पुनै कटान गरेको थिया्े । मान्छे हिड्ने समेत बाटो थिएन् । हामीले टोप्ला सम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौ।
अब चाडै ग्याविन पर्खाल निर्माण कार्य अघि बढ्छ । त्रिबेणी देखि ताम्ती सम्मको ४ सय मिटर कटान भएको सडकमा ग्याविन पर्खाल निर्माण गरिने भएको छ । कटान भएको ४ मिटर क्षेत्रमा ग्याविन पर्खाल निर्माणका लागि गत आबको २ करोड बचत रकम बाट ठेक्का आह्वान गरिएको छ ।
भेरीखोला क्षेत्रका नागरिकको आवत जावतलाइ सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले दुर्त गतीमा अघि बढाएको इन्जिनियर भण्डारीको भनाई छ ।
टोप्ला सम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाडै ग्यामिन पर्खाल निर्माणको कार्य अघि बढाइने सडक डिभिजन जुम्लाले जनाएको छ । रासस