काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, काठमाडौँ, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीमा थप नयाँ संक्रमित भेटिएका हु । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ बाह्रदशी–३ का ४५ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ ।
नुवाकोटमा पहिलो पटक संक्रमण देखिएको हो । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको छ ।
नयाँ सङ्क्रमितको कन्ट्याक्ट टे«सिङको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशााखाले गरिरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । कूल सङ्क्रमितको संख्या ६ सय ३ मध्ये पुरुष ५३२ र महिला ७९ जना रहेका छन् । यससँगै ४२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रदेश नंं १ मा सात जिल्लाका ८६, प्रदेश नंं २ मा आठै जिल्लाका १७९, वाग्मती प्रदेशमा एघार जिल्लाका १४, गण्डकी प्रदेशमा तीन जिल्लाका पाँच, प्रदेश नं ५ को सात जिल्लाका २८१, कर्णाली प्रदेशका दुई जिल्लाका चार र सुदूरपश्चिम प्रदेशका चार जिल्लाका १४ जनामा सङ्क्रमण देखिएको छ ।
आज १७ जना डिस्चार्ज, निको हुनेको संख्या ८७ पुग्यो
संक्रमितको संख्या बढ्दै जाँदा कोरोना जितेर घर फर्किनेको संख्या पनि बढ्दो छ । आइतबार मात्रै १७ जनाले कोरोना जितेर घर फर्किएका छन । नारायणी अस्पताल उपचार रहेका सात र बुटवल धागो कारखानामा रहेका १० गरी १७ जना डिस्चार्ज भएका हुन् । नारायणीमा डिस्चार्ज भएका बारा, पर्सा र रौतहटका २४ देखि ५१ वर्षीय पुरुष रहेका छन् ।
प्रदेश नं १ मा २६, प्रदेश नं २ मा १३, वाग्मती प्रदेशमा नौ, गण्डकी प्रदेशमा दुई, प्रदेश नं ५ मा ३२ र सुदूरपश्चिम प्रदेशमा पाँचजना डिस्चार्ज भएका छन् । शुक्रबार एकै दिन नेपालगञ्जमा २१ जना डिस्चार्च भएका थिए । अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको जनाइएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।