सिमकोट: हिमालपारीको गाउँ लिमीमा चार वर्ष अगाडीदेखि निर्माण भएर सुचारु हुनु पर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन् ।
पछिल्लो पटक अन्य टावरका लागि पूर्वाधार निर्माण भएपनि टेलिकमले आफुले गर्नुपर्ने कार्य टावरका लागि आवश्यक पर्ने छाता पुरानो दिदा मोवाइल सेवा सुचारु हुन नसकेको हो ।
नाम्खा गाउँपालिका–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले यतिखेर सञ्चालनमा आउनु पर्ने मोवाइल सेवा टेलिकमले पुरानो र काम नगर्ने छाता दिएकै कारण आउन नसकेको जानकारी दिए । उनले टावर निर्माणका लागि काम गर्ने जिम्मा पाएको निर्माण कम्पनीले सबै सामान लिमीमा पुर्याएर जडान गरेको भएपनि छाता पुरानो भएकै कारण काम अगाडी बढ्न नसकेको बताए ।
उनले टेलिकमको कारण यसपाली लिमीवासीको मोवाईल सेवा सुचारु गर्ने सपना पुरा हुन नसकेको बताए । मोवाईल टावरका लागि अन्य काम सबै पुरा भएपनि अन्तमा नेपाल टेलिकमले गर्नुपर्ने छाता र त्यसका लागि आवश्यक पर्ने अन्य सामान गतिलो नदिएकै कारण नेपालगंजबाट टेलिकमबाट नबुझेको उनले बताए ।
वडा अध्यक्ष तामाङले यी सामानका लागि गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत टेलिकम काठमाडौं र क्षेत्री कार्यलय नेपालगंजमा जाँदा सरोकारवाला पक्ष नजवाफ भएको उनले बताए ।
सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले सामान पुरानो भएर काम नलाग्ने भयो भन्दा उल्टै टेलिकमले अब जेठ अगाडप् गर्न नसकिने जवाफ दिएको बताए । उनले छाता ल्याउनका लागि गाउँपालिकाले निक्कै प्रयास गरेको भएपनि त्यो सफल हुन नसकेको बताए ।
टावरका लागि आबश्यक पर्ने अन्य सामानहरु नेपालगंजबाट जहाजमा सिमकोट र सिमकोटबाट पैदल र हेलिकोप्टरबाट लिमी पुर्याएर जडान कार्य समेत सम्पन्न भइसकेको छन् । सोलार प्यानल, ब्याट्री लगाएतका सामानलाई सिमकोटबाट दश ट्रिप लिमी ढुवानी गाउँपालिकाको लगानीमा गर्नु परेको थियो ।
अहिले छाताको काम बाहेक बोवाईल टावरका लागि आबश्यक पर्ने संरचनालाई दुई पटक प्राबिधिक पुगेर सम्पन्न गरि सक्नु भएको छ । दुई वटा भवन भने गतवर्षनै निर्माण कार्य सम्पन्न भएका हुन ।
हाल लिमीमा सञ्चार सम्पर्कको माध्याम भनेकै वल्र्डलिकको इन्टरनेट सेवा रहेको छ । त्यो पनि घाम लागेको समयमा मात्र सुचारु हुने गर्छ ।