जुम्ला: नेपाली कांग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्ण बहादुर शाही बिजयी भएका छन ।
कर्ण बहादुर शाहीले ४ सय ७४ मत ल्याउदा दिप बहादुर शाही ४ सय ६९ ल्याएका थिए । कडा प्रतिस्पर्धामा उत्रिएका दिपले ५ मत अन्तरालले पराजित गरेका हुन ।
कर्ण शाही 474. दिप बहादुर शाही 469
उनका प्रतिद्धन्दी शाही यस अघि वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन कांग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए ।
दिप बहादुर शाहीले झण्डै दुई कार्यकाल जिल्ला सभापति समेत चलाएका थिए । उनी यो पटक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका एक्ला उम्मेदवार थिए ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यस अघिका कांग्रेस जुम्लाका सचिव हुन् । उनले धेरै अघिदेखि नै सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका थिए ।
प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियाे । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले ५ मतले बिजयी हाँसिल गरेकाे मुख्य निवार्चन अधिकृत हसिना प्रधानले बताइन ।
उनले भनिन पौडेल प्यानलबाट सभापतिका उम्मेद्वार दीपबहादुर शाही प्राराजित भयपनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पाैडेल पक्षबाट बिजयि भएका छन ।
यस अघि पालिका अधिवेशनमा ८ मध्ये ६ पालिका र प्रदेशका दुई वटै क्षेत्र एकलौटी जितेका पौडेल पक्षले याे निर्वाचन पनि जित आफ्नो पाेल्टामा पर्ने दाउमा थियाे ।