सुर्खेत : भौगोलिक रुपमा विकट कर्णालीमा बालबालिका हराउने संख्या दिनानुदिन बढ्दै गएको छ । विभिन्न प्रलोभनमा परेर हराउने क्रममा पछिल्लो तीन वर्षमा दुई हजार बढी महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । त्यसरी हराउनेमा केही पुरुष पनि छन् ।
प्रहरीका अनुसार पछिल्लो ३ वर्षे अवधिमा कर्णालीबाट दुई हजार १८ जना महिला पुरुष तथा बाल बालिका हराएका छन् । जसमा आठ सय ६१ जना मात्र भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये नौ सय ५० जनाको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघ संस्थाको समन्वयमा उद्दार गरिएको छ ।
कर्णाली प्रदेश प्रहरी सुर्खेतको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन । हराउनेमध्ये ४१६ जना महिला, ११६ पुरुष १७३ बालक र २०१ बालिका छन । २०७५/७६ मा सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुम पश्चिमबाट ९६ र सल्यानबाट ५५ जना हराएका छन ।
त्यस्तै, जुम्लाबाट ५०, हुम्लाबाट २१, डोल्पाबाट १० र मुगुबाट २० जना महिला तथा बालबालिका हराएका हुन । सोही वर्ष विभिन्न समयमा हराएका मध्य ५६४ महिला तथा बालिबालिका भेटिएका छन ।
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशभर ५९५ महिला तथा बालबालिका हराएका छन । तीमध्ये ३०८ महिला, १२२ बालक र १३७ बालिका छन । तथ्यांकअनुसार २०७६÷७७ मा सुर्खेतबाट ३०२, दैलेखबाट १०९, जाजरकोटबाट ३९, रुकुम पश्चिमबाट ३४ र सल्यानबाट ४४ जना हराएका छन ।
जुम्लाबाट २३, डोल्पाबाट ४, मुगुबाट ३ र कालीकोटबाट १८ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ । सोही वर्ष ८२ महिला, ५८ बालक र ६१ बालिका गरी कुल २०१ महिला तथा बालबालिका भने भेटिएका छन ।
त्यस्तै, २०७७/७८ पनि प्रदेशभर कुल ५१७ महिला तथा बालबालिका हराएका छन । हराएकामध्ये महिला २९२, ८५ बालक र १४० जना बालिका छन । प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा सुर्खेतबाट २५०, दैलेखबाट १२४, जाजरकोट २६, रुकुम पश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएका छन ।
जुम्लाबाट २१, डोल्पाबाट ९, हुम्लाबाट ७, मुगुबाट ५ र कालीकोटबाट ८ गरी कुल २८२ जना महिला तथा बालबालिका हराएका छन । चालू आर्थिक वर्षमा प्रदेशभर १३३ महिला, ४४ बालक र ६४ जना बालिका भेटिएका छन । हराउने मध्य जुम्लामा धेरै संख्या रहेको छ । जुम्लाबाट २१ जना हराएका छन् ।
पछिल्लो ३ वर्षमा हराएका दुइहजार १८ जनामध्ये नौसय ५० जनाको अवस्था अज्ञात छ । परिवारको सम्पर्कमा छैनन् । दैलेखका १९१, जाजरकोटका ७२, रुकुम पश्चिमका ७६ र सल्यानका ४१ जनाको अवस्था अज्ञात छ । जुम्लाका ३६, हुम्लाका १६, डोल्पाका ५, कालीकोटका २३ र मुगुका १२ जनाको अवस्था यकिन छैन ।
महिला र बालवालिका किन धेरै हराउँछन् ?
पछिल्लो तीन वर्षमा हराउने मध्य महिला र बालवालिकाको संख्या बढी रहेको छ । पछिल्लो तीन वर्षमा मात्र एकहजार १६ महिला तीनसय ० बालक चारसय ७ बालिका र दुइसय ४६ पुरुष हराएका मध्य एकसय ५१ प्mेला परेको र ९५ फेला पर्न सकेका छैनन् ।
प्रहरीको तथ्यांक अनुसार एकहजार छ जाना महिला बालवालिका फेला परेका छन् भने आठसय ६४ महिला बालवालिको अवस्था अज्ञात रहेको छ ।
पछिल्लो अध्ययनअनुसार रोजगारी र सुख सुविधाको प्रलोभनमा परेर कारण महिला तथा बालबालिका हराउने गरेका छन् । बालवालिकाको मानसिक अवस्था अपरिपक्क,प्रेममा परेर हराउने गरेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एवंम प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताए ।
‘एक त बालवालिकाको उमेर पनि काँचो हुन्छ । उनीहरु अपरिपक्क हुन्छन्,’ श्रेष्ठले भने, ‘त्यसैले पनि उनीहरु झुटो कुराको लहलहैमा लागेर हराउँछन् । अर्को हराउने भनेको प्रेममा परेर, घरमा विवाद पर्दा हराउने गरेको पाइन्छ ।’
प्रहरी कार्यालयमा दर्ता भएका उजुरीमा अभिभावकले हराएका आफन्त भेटाएर पनि खबर नगर्दा संख्या बढेको श्रेष्ठ बताउँछन् । ‘प्रेममा परेर हराएकी छोरी फेला पर्दा पनि आफन्तले जानकारी गराउँदैनन्, यसले गर्दा पनि हराउनेको संख्या बढी भएको हो,’ उनले भने ।
कर्णालीमा मानव तस्करी कति मौलाइरहेको छ ?
हराउने अर्को कारणमा तस्कारले विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिका भारत तथा विभिन्न सहरमा पु¥याउने गरेको छन् । तस्करले दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न सहरमा पुर्याउँदै आएका छन् ।
तर प्रहरीकै भनाइृलाई मान्दा हराउनेहरु भेटिएपनि प्रहरीको सूचीमा भने हराएकै देखिएका छन् । हराएपछि भेटाउनेले फेरि प्रहरीमा खबर नगर्दा पनि यो संख्या धेरै देखिएको प्रहरी अधिकार स्वीकार्छन् । तर महिला र बालबालिका धेरै हराउनुले कर्णालीमा तस्करीको घटना पनि बढ्दो छ ।
जसमा प्रहरीले सुक्ष्म अध्ययन गर्न बाँकी छ । तर सुर्खेत र दैलेखका विगतदेखि वर्तमानका घटनामा कर्णालीमा मानव तस्करी मौलाइरहेको प्रहरी अधिकारी तथा अधिकारकर्मी बताउँछन् । हराउनेहरु सम्पर्कमा नआउने भएकाले भने तस्करीबारे एकिन गर्न गाह्रो छ ।