सल्यान: सिम्ता गाउँपालिकाका एक जनप्रतिनिधिले साढे ४ वर्षमा आफ्नो तलव भत्ता समाजिक क्षेत्रमा खर्चिदै आएका छन् ।
उक्त तलब भत्ता र अपुग रकम आफ्नो व्यक्तिगत लगानीमा समाजिक क्षेत्रमा जन्मदिनकाे अवसर पारेर सार्वजनिक गर्ने गरेका छन् । वडा सदस्य लाेक बहादुर शाहीका चार वर्षमा ४ काम गरे त्यो पनि जनप्रतिनिधिकाे सदस्य पाउने सेवा सुविधा र अपुग रकम थपेरै साे काम गर्ने गरेका छन् ।
सिम्ता गाउँ पालिका वडा नं ३ का वडा सदस्य शाही निर्वाचित भए संगै राज्यले प्रदान गर्ने सेवा सुविधा बाट आएको पैसा सामाजिक कार्यमा लगानी गर्दै आएका छन् निर्वाचित भएको पहिलो वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीको हितकाे लागि आफु अध्ययन गरेको मावि लापुमा स्वर्गीय ठुला दाजु याम बहादुर शाही सम्झनामा ५० हजारको छात्रवृत्ति अक्षयकोष स्थापना, दाेस्राे वर्ष आधार भुत विद्यालय झ्याममा आमा बुवाकाे सम्मानमा २५ हजारको अक्षयकोष, तेस्रो वर्ष आमा बुवाकाे सम्मानमा चन्द्रसेवा प्राविमा २५ हजारको अक्षयकोष स्थापना गरेका छन् ।
अन्य वर्षमा शैक्षिकक्षेत्रमा नजर लगाउदै आएका शाहीले यस वर्ष भने आफ्नो जन्मदिनको अवसरमा सिम्ताकै एक धार्मिक हिसाबले महत्त्वपूर्ण ठाउँ देवि देवताले बास गर्ने भनेर चिनियकाे देउलि बजारमा रहेको बाइस थानलाई तारबार र गेट निर्माण गरेका छन् ।
सिम्ताकाे चर्चित धार्मिक स्थल भित्र धुपि सल्लाकाे बिरुवा समेत लगाए । शाहीले विभिन्न शिविरमा जेष्ठ नागरिक,विपन्न वालवालिका,विपन्नता महिलाहरुका लागि आर्थिक सहयोग,सिम्ता बहुमुखी क्याम्पसमा सहयोग,विपन्नलाई औषधि उपचार सहयो गर्ने काम समेत गरेका छन् ।
नेकपा एमाले वडा सचिव समेत रहेका शाहीले समाजिक रुपमा स्थानीय स्तरका वासिन्दाकाे सारथि तथा निकै सहयोगी व्यवहार गर्ने समेत काम गरेको देखिन्छ । भ्रष्टाचारमा लिप्त,नातावाद,परिवारवादमा चुर्लुम डुवेका स्थानीय केही जनप्रतिनिधिलाई उनलेे सेवक सिकाएका छन् ।
वडा सदस्य भए देखि पाएको सबै सुविधा उनलेे सामाजिक क्षेत्रमा खर्चेका छन् । अपुग रकम अझै थपेर समेत असह्य,विपन्नताका सारथिका रुपमा शाहीलाई वडावासिले चिन्न थालेका छन् ।