काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या ५५ लाख पुगेको छ । पछिल्लो चौबिस घण्टामा ९६ हजार नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ५५ लाख नाघेको हो । ३ लाख ४६ हजारको मृत्यु भएको छ ।
सबैभन्दा धेरै अमेरिकामा १६ लाख ८६ हजार मानिस संक्रमित भएका छन भने ९९ हजारको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३ लाख ६५ हजार, रुसमा ३ लाख ४४ हजार, स्पेनमा २ लाख ८२ हजार संक्रमित छन ।
यस्तै बेलायतमा २ लाख ५९ हजार, इटालीमा २ लाख २९ हजार, फ्रान्समा १ लाख ८२ हजार, जर्मनीमा १ लाख ८० हजार, टर्कीमा १ लाख ५६ हजार र भारतमा १ लाख ३८ हजार संक्रमित छन ।
कोरोनाले ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ९९ हजारले ज्यान गुमाउँदा ब्राजिलमा २२ हजारको मृत्यु भएको छ भने रुसमा ३ हजार ५ सय जनाको ज्यान गएको छ ।
यस्तै स्पेनमा २८ हजार, बेलायतमा ३६ हजार, इटालीमा ३२ हजार, फ्रान्समा २८ हजार, जर्मनीमा ८ हजार तथा टर्की र भारतमा ४ हजारको ज्यान गएको छ ।
विश्वभरका ५५ लाख संक्रमितमध्ये २३ जना जना उपचारपछि निको भएर घर फर्किएका छन । नेपालमा भने अहिलेसम्म ६ सय ७५ जना संक्रमित हुँदा १ सय ४ जना निको भएर घर फर्किएका छन । तीन जनाको मृत्यु भएको छ ।