खलंगा : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जुम्लाको महाधिवेशन प्रतिनिधिको मतगणना सकिएको छ । महाधिवेशन प्रतिनिधिको लागि मंसिर ६ गते सम्पन्न निर्वाचनको मतगणना सकिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार, महाधिवेशन प्रतिनिधिमा विजयी हुनेमा खुला तर्फ १० जना मध्ये देवेन्द्रबहादुर शाहीले पाँच सय ९ मत प्राप्त गरेका छन् । भने, राजुसिंह कठायत ४९२, भक्तबहादुर रोकाया ४८१, दिनवन्धु श्रेष्ठ ४७९, धनबहादुर बस्नेत ४५१ कर्णजंग हमाल ४४१, गोविन्दबहादुर शाही ४३९, गौरीनन्द आचार्य ४३८, दिलबहादुर महत ४३८ र लंकबहादुर शाही ४३४ मत प्राप्त गरेर विजयी भएका छन् ।
महिला प्रतिनिधिमा – कान्तिका सेजुवाल ५१२ मत ल्याएर विजयी भएकी छन् । भने, भगवति श्रेष्ठ ४८१, पुन्नकली महतारा ४४७ र गिता शाही ४४६ मत प्राप्त गरेर विजयी भएका छन् । खस आर्यतर्फबाट ललितजंग शाहीले ५१५ मत ल्याएर विजयी भएका छन् । यस्तै जयहरी आचार्यले ५सय, पदमबहादुर शाहीले ४७०, लक्ष्मि प्रसाद उपाध्यायले ४१२ मत ल्याएर विजयी भएका छन् ।
खस आर्य महिलामा रामदेवी खड्काले ४७३ ल्याएर विजयी भएकी छन् । भने उर्मिला खत्रि भण्डारीले ४५०, उमा बुढा रावतले ४२३, दिलकुमारी हमालले ४२२ मत ल्याएर विजयी भएकी छन् ।
यस्तै दलित पुरुष केन्द्रीय प्रतिनिधिमा कृष्ण कामीले ४६९, दलित महिला प्रतिनिधिमा लक्ष्मी कामीले ४६३ र अपांगता प्रतिनिधिमा बिष्णुबहादुर शाहीले ४५७ मत प्राप्त गरेका छन् ।
सेफ ल्याण्डिङमा देउवा समूहका नेता
कांग्रेस जुम्लामा पौडेल समूहको वर्चश्व भएपनि मतदानमा पुराना देउवा समूहका नेता विजयी भएका छन् । संस्थापन पक्षका प्रतिनिधिसभा सदस्य ललितजंग शाही, चन्दननाथ नगरपालिकामा नगरप्रमुख कान्तिका सेजुवाल, गोविन्दबहादुर शाही, लंकबहादुर शाही, गौरिनन्द आचार्य, पदमबहादुर शाही, बिष्णु बहादुर शाहीले विजयी प्राप्त गरेका छन् । उनीहरु देउवा समूहमै गनिन्छन् ।
मत परिणाममा संविधानसभा सदस्य ललितजंग शाहीले सवैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले ५१५ मत प्राप्त गरेका हुन् । यस्तै मेयर कान्तिका सेजुवालले ५१२ मत, प्रतिनिधिसभा प्रत्यासी नेता देवेन्द्रबहादुर शाहीले ५०९ मत प्राप्त गरेका छन् । यद्यपी जुम्लामा देउवा समूह कमजोर भएपछि नेता ललितजंग शाहीले खस आर्य र मेयर कान्तिका सेजुवाल महिला प्रतिनिधिमा उम्मेद्धारी दिएर मैदानमा आएका थिए । यस्तै पूर्वमन्त्री भक्तबहादुर रोकाया ४८१ मत प्राप्त गरेका छन् । दिनवन्धु श्रेष्ठ ४७९ मत प्राप्त गरेका छन् ।
कार्य समितिमा पुरै प्यानल आउँदा सभापति कर्णबहादुर शाहीलाई पनि यस पटक देउवा प्यानलले जिताउन सफल भएको छ । महाधिवेशन प्रतिनिधिमा अपांगता तथा अल्पसंख्यक कोटामा पौडेल प्यानलका रामकृष्ण न्यौपानले निर्विरोध निर्वाचित भइसकेका छन् ।