सिमकोट: समाज घट्ने तर बाहिर आउन नसक्ने मानव अधिकार हनन्का घटनाहरु बाहिर ल्याउन सरोकारवाला पक्षले मानव अधिकारकर्मीहरुलाई आग्रह गरेका छन्।
अनौपचारिक सेवा केन्द्र ( इन्सेक) को बर्ष पुस्तकका लागि संकलित घटनाहरुको समिक्षा कार्यक्रममा सो कुरा बताए । समिक्षा कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बर्ष पुस्तकका लागि हाल आउने घटना औपचारिक खालका र प्रहरीमा दर्ता भएका घटनाको मात्र आउने गरेकोमा त्यसमा समाजमा लुकाउन खोजिएको घटनाको पनि पर्दाफास गर्न मानव अधिकारकर्मीलाई आग्रह गरे ।
प्रहरीमा दर्ता भएको घटनाहरु स्वभाविक रुपमा कानून अनुसार न्याय पाउने बताउदै उनले समाजमा मानव अधिकारको हुने खालका घटना हुने तर बाहिर नआएको पक्षलाई उजागर गर्नुपर्ने सुझाव दिए ।
मानव अधिकारका घटना हुनुमा पहिलो जिम्मेवार पक्ष भनेकै समाज गरिने मेलमिलाप रहेको बताउदै उनले त्यसरी घटेको घटना माथि गरिने मेल मिलापका कुरालाई पनि प्रतिबेदनमा ल्याउनु पर्ने आबश्यकता रहेको बताए ।
जिल्लाका राजनीति दलहरुका तर्फबाट वर्ष पुस्तकका लागि संकलित घटनाहरु माथि सुझाव दिदै नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले प्रतिबेदनमा पिडितको मात्र नभएर पिडकको पनि कुरा समेट्न आग्रह गरे ।
हुम्लामा मानव अधिकारका मुख्य घटना भनेका छाउपडी, बालबिबाह, बहु बिबाह, महिला हिंसा, बालबालिका ओसारपसार जस्ता कुरा भएकोले उनले ती कुरालाई समेट्नु पर्ने बताए ।
समाजमा घट्ने तर बाहिर आउन नसक्ने मानवअधिकार जन्य घटनाहरुलाई सार्वजनिक गर्न सके त्यसले पूनराः बृद्धि हुन नपाउने बिस्वास गरिएको छ । प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले मानव अधिकारका घटना सार्वजनिक हुन सके प्रहरीलाई अनुसन्धानमा सहयोग पुग्ने बिस्वास व्यक्त गरे ।
यसअघि इन्सेक प्रतिनिधि नन्द कुमार सिंहले वर्षभरि संकलित घटनाहरुको सार्वजनिक गर्नु भएको थियो । उनले सिमित साधन श्रोत र जनशक्तिका बावजुद्ध घटना संकलन समस्या भइ रहेको गुनासो सुनाए ।
समिक्षा कार्यक्रममा सार्वजनिक गरिएका घटना हेर्दा यसवर्ष अघिल्लो वर्षको तलनामा मानव अधिकारका घटनाहरुमा कमी आएको छ ।
यसवर्ष सार्वजनिक घटनाहरु धम्की र कुटपिटका तीन वटा, स्वास्थ्य र शिक्षा सम्वन्धि दुई वटा, सामाजिक अधिकारका दुई वटा, महिला अधिकारमा तीन वटा गरि दश वटा मानवअधिकार उलंङ्घनका घटनाहरु रहेका छन् । जब कि अघिल्लो वर्ष यसै अबधिमा सार्वजनिक भएका घटना संख्या २६ वटा रहेका थिए ।