सिमकोट: अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा सिमकोट गाउँपालिकाको टिम विजय भएको छ । लिक चरणको अन्तिम खेल अदानचुली गाउँपालिकासंग खेल्दै सिमकोट प्रतियोगितामा पहिलो स्थान भएको हो ।
योङ स्टार क्लबको आयोजनामा सञ्चालन भएको अन्तरगाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा सिमकोट गाउँपालिकाको टिम लिक चरणमा खेलिएका छ वटै खेलमा विजय भएर पहिलो स्थान हुन सफल भएको हो ।
बिजेता भएसंगै सिमकोटले नगद दुई लाख र ट्रफी हात पारेको छ । त्यसैगरि छ वटा खेल मध्य चार वटामा जित र एकमा बरावरी तथा एकमा हार व्यहोरेको अदानचुली गाउँपालिका उपबिजेता भएको छ ।
सो टिमले एक लाख नगद प्राप्त गरेको छ । पुरुषतर्फ पाँच वटा गाउँपालिकाका सात वटा टिमको सहभागिता रहेको थियो । त्यसैगरि प्रतियोगिताको महिलातर्फ सर्केगार्ड गाउँपालिका पहिलो भएको छ ।
सो टिमले नगद पचास हजार र ट्रफी हात पार्न सफल भएको हो । महिलामा सिमकोट गाउँपालिको टिम उपबिजेता भएको र सो टिमले नगद तीस हजार हात पारेको छ ।
महिलातर्फ चार वटा गाउँपालिकाको सहभागिता रहेको थियो । पुरुष तथा महिलाको भलिवल प्रतियोगिता लिक चरणमा भएका थिए ।
प्रतियोगितामा पुरुषतर्फ चंखेली गाउँपालिकाका कुवेर बिक र महिलातर्फ सर्केगार्ड गाउँ पालिकाकी अम्बिका शाही उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ ।
प्रतियोगिताका उदीयमान खेलाडीमा पुरुषतर्फ अदानचुलीका बसन्त महतारा र महिलातर्फ चंखेली गाउँपालिकाकी प्रतिक्षा ऐडी छनौट भएको छन् । दुवै बिधामा छनौट हुनु भएका चारै जना खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।