काठमाडौं: लामो समय देखि रंगिन दुनियाँबाट टाडा भागेका चर्चित हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली । फेरी रंगिन दुनियाँमा फर्केका छन् ।
उनीहरुको यो जोडीलाई दर्शकले निकै नै रुचाएका थिए । दर्शकको अपार मायाका कारण फेरी रंगिन दुनियाँ फर्केका छन् । वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको बिनाशकारी भूकम्पमा पीडित भएका व्यक्तिहरूको उद्धार, राहत, मानविय सहायता तथा भुकम्पमा भत्किएका संरचनाहरूको पुननिर्माण तथा पुनवास गरे ।
धुर्मुस सुन्तली कयौंको सहारा भए, कसैको जिउने आधार त कसैको परिवार नै भए । जनताको यथा माया र सपोटले धुर्मुस सुन्तलीले चितवनमा अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेको छ।
देश तथा विदेशमा बस्दै आएका लाखौं नेपालीले सहयोग गरेका छन् । रङ्गशाला निर्माण हुँदा हुँदै पनि उनीहरु फिल्म 'सेन्टी भाइरस' मा मुख्य भूमिकामा देखिए । फिल्मले राम्रै नाम त् कमायो दाम भने कमाउन सकेन् ।
उनीहरु उक्त फिल्मपछि केहि निरास देखिएका थिए । दर्शकबाट जुन साथ सपोटको आशा गरेका थिए । त्यो पाएनन । दर्शकलाई पनि गुनासो समेत गरेका थिए । 'सेन्टी भाइरस' पछि धेरै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
उनले फेरी नयाँ म्युजिक भिडियोमा ‘मायलो जीवन सजाऊ’ सार्वजनिक गरेका छन् । उक्त गीतमा कलाकार कुमार कट्टेल ‘जिग्री’ र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छन् ।
यस अघि जिग्रीले ‘मञ्जुरी’ बोलको गीत ल्याएका थिए । दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए । फेरी दोस्रो गीत बजारमा ल्याएर आएका छन् ।
धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको जिग्रीले बताए ।
धुर्मुस सुन्तली निकै रोमान्टिक देखिएका छन् । वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा शब्द संगीत गायक तथा संगीतकार अर्जुन पोखरेलले भरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।