खलंगा - जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई राहात वितरण गरिएको छ । कोरोनाका कारण प्रभावित भएका २ सय ४९ जना अपाङ्गता भएका व्यक्ति र बिपन्न नागरिकलाई गरी ५ सय ५५ जनालाई राहात वितरण गरिएको हो ।
कोरोना प्रभाबित विपिन्न नागरिक र अपांगता भएका व्यक्तिको दैनिकीमा सहजता ल्याउनका लागी राहत वितरण गरिएको हो । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ गाउँपालिकाका ५ सय ५५ जनालाई राहात वितरण कार्यक्रम गरिएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले बताएको छ । कोरोना भाइरसबाट प्रभावित परिवारको सहायता कार्यक्रम अन्तरगत करिब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए ।
सिविएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्लाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा वितरण गरेको हो । परियोजना संयोजक स्थानीय सरकारको सहयोगमा दुई चरणमा वितरण गरिएको छ ।
जसमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्रीहरु वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए । उनका अनुसार बिपन्नमा अपांगता भएका व्यक्तिहरु बढिनै हुने भएकाले राहात वितरणमा अपांगता व्यक्तिहरु बढि परेका छन् ।
राहत वितरणमा टुहुरा वालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहात वितरण गरिएको छ । कोरोनाका कारण आम्दानी गुमाएका तथा विपन्न नागरिकलाई तेस्रो चरणको सहयोग कार्यक्रमको दोस्रो चरणको राहात वितराण् कार्यक्रम समेत तयारी भईरहेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा ति विपन्न व्यक्तिहरुलाई राहात कार्ड समेत बितरण गरिएको छ । उनीहरुले सो कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् ।
कोरोनाले लामो समय ग्रसित बनाएपछि आम्दानी विहिन परिवारलाई करिब ६ महिना खाद्यन्न पुग्ने अनुमान गरिएको छ । कोरोनाको समयमा सिविएम नेपालको सहयोगमा आईएन एफ नेपाललाई राहात वितरण, राष्ट्रिय अपांग महासंघ नेपालको सचेतना तथा सिएमसि नेपालले मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई तनाव व्यवस्थापन सम्वन्धी तालिम दिदै आएको राष्ट्रिय अपांग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले बताए ।
चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख अप्सरा देवी न्यौपानेले संकटको समयमा आर्थिक अवस्था कमजोर भएका घरपरिवारका व्यक्तिलाई ठूलो राहतको प्याकेजको सहयोग गर्ने निकायलाई आभार व्यक्त गरेकी छन । उनले आगामी दिनमा यस्ता प्रकारका कार्यक्रम निरन्तता हुन आवश्यक भएको बताइन । राहात प्याकेज कार्यक्रमका लागि चन्दननाथ र कनकासुन्दरीमा १० जना बढि व्यक्तिहरुलाई ६ महिनाका लागि स्वंसेवक परिचालन गरिएको थियो ।